+
+

ग्लोबल आइएमई बैंक कटारी शाखाको औपचारिक उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १४:५९

उदयपुर । ग्लोबल आइएमई बैंक लिमिटेड कटारी शाखाको औपचारिक उद्घाटन भएको छ । मंगलबार बैंकमा आयोजित एक कार्यक्रमबीच कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत, कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र हिमगिरि सप्लायर्स तथा ट्रेडर्स कटारीका संस्थापक प्रयाश कार्कीले संयुक्तरुपमा शाखाको औपचारिक उद्घाटन गरे ।

सबैका लागि बैंक भन्ने नाराका साथ ग्लोबल आइएमई बैंकले मुलुकका विभिन्न शहरी तथा ग्रामिण क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गरी आम जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । कटारी शाखाले त्यहाँका स्थानीय वासिन्दा, साना किसान तथा व्यवसायीहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुकबाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?