+
+

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १५:०४

२५ फागुन, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबरा पनि दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ३० दशमलव २९ अंकले घटेर २५ सय १४ दशमलव ६५ अंकमा झरेको झरेको छ ।

साताको पहिलो दिन आइतबारदेखि नै बजार घट्ने क्रममा छ । नेप्से परिसूचक घट्दा कारोबार रकम पनि कम देखिएको छ । कारोबार रकम २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँमा रोकिएको छ ।

बजार घट्दा माउन्टेन इनर्जी कम्पनीको सेयर मूल्य ८५ रुपैयाँले बढेर ११३५ मा पुगेको छ । उता इमर्जिङ नेपालको सेयर मूल्य ११ रुपैयाँ ९० पैसाले बढेर ३१० दशमलव ५० रुपैयाँ पुगेको छ ।

धेरै गुमाउने कम्पनीहरुको पहिलो नम्बरमा विशाल बजार कम्पनी देखिएको छ । विशालबजारको २५७ रुपैयाँले घटेर ४ हजार १ सय ९३ रुपयाँमा झरेको छ । दोस्रोमा सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, माउन्टेन हाइड्रो लगायतका कम्पनीको सेयर मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?