+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

स्वाथ्य क्षेत्रमा राजनीतीकरण नगर्न प्रदेश प्रमुख शेरचनको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १०:५९

२६ फागुन, दाङ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन् ।

बिहीबार दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवलोकन गर्दै प्रदेश प्रमुख शेरचनले स्वास्थ्य र शिक्षा संवेदनशील क्षेत्र भएकाले राजनीतीकरण गर्न नहुने बताएका हुन् ।

‘स्वास्थ्य उपचार नागरिकको जीवनसँग जोडिएको सबैभन्दा महत्वपूर्ण कुरा हो’ उनले भने, ‘यसमा राजनीतीकरण गर्न थालिए समस्या उत्पन्न हुन्छ सक्छ ।’ शेरचनले मेडिकल साइन्स् जीवन प्रदान गर्ने क्षेत्र भएकाले निष्पक्ष ढंगले काम गर्दै स्वास्थ्य सेवाको विकासमा लाग्नु पर्नेमा जोड दिए ।

प्रतिष्ठानमा स्वास्थ्य सेवा विस्तारसँगै मेडिकल शिक्षा सञ्चालन गर्न उनले आग्रह गरे । उनले प्रतिष्ठानको स्तरउन्नतिका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार भएको बताए ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. बसन्त लामिछानेले आगामी शैक्षिक सत्रदेखि शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए ।

प्रतिष्ठानमा विएसी नर्सिङ, डिएनएस र ब्याचलर अफ फार्मेसीको अध्यापन सुरु हुने प्रतिष्ठानका शिक्षाध्यक्ष लामिछानेले जानकारी दिए ।

प्रदेश प्रमुख शेरचनसहित प्रतिष्ठानका शिक्षाध्यक्ष डा. बसन्त लामिछाने, प्रतिष्ठानकी निर्देशक डा. प्रज्ञासिंह बस्नेत, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन गौतमलगायतले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तयार हुन लागेका पूर्वाधाहरूको अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?