+
+

पन्जाबमा आम आदमीलाई दुई तिहाइ बहुमत !

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १२:३७
आम आदमी पार्टीका केन्द्रीय अध्यक्ष अरविन्द केजरीवाल र पन्जाबका अध्यक्ष भागवन्त मन । तस्वीर : पीटीआई

२६ फागुन, काठमाडौं । भारतको पन्जाब राज्यमा आम आदमी पार्टी (आप)ले दुई तिहाइ बहुमत हासिल गर्ने संकेत देखिएको छ ।

विधानसभा निर्वाचनमा पन्जाबका ११७ सिटमध्ये आम आदमीले ८८ सिटमा अग्रता लिएको छ । पन्जाबमा सरकार बनाउनका लागि चाहिने बहुमत भनेको ५९ सिट हो । दुई तिहाइ बहुमतका लागि ७८ सिट जित्नुपर्छ । तर अहिलेसम्मको मत परिणाममा आम आदमी ८८ सिटमा अघि छ । यही अग्रता कायम रहे आम आदमीले पन्जाबमा दुई तिहाइ बहुमतको सरकार बनाउने छ ।

आम आदमी सन् २०१७ मा भएको विधानसभा निर्वाचन भन्दा ६८ सिटमा अगाडि छ । कांग्रेस, भाजपा लगायत दल आम आदमीभन्दा निकै पछि छन् ।

भारतको राजधानी दिल्लीमा पहिलेदेखि नै आम आदमी नेतृत्वको सरकार छ । पार्टीका अध्यक्ष अरविन्द केजरीवालले आठ वर्षदेखि दिल्ली सरकारको नेतृत्व गरिरहेका छन् । उनले दिल्लीमा खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत, सामाजिक सुरक्षा भत्ता लगायतका क्षेत्रमा गरेका काम जनप्रीय छन् ।

विधानसभा निर्वाचन अगाडि गरिएको मत सर्वेक्षणमा पन्जाबमा आम आदामी पार्टीले नै चुनाव जित्ने नतिजा सार्वजनिक भएका थिए । सर्वेक्षणहरुमा आम आदमीले ७६ देखि ९० सिटसम्म जित्ने अनुमान गरिएको थियो ।

विधानसभा निर्वाचनमा उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा भने भाजपाका उम्मेदवारहरु अगाडि छन् ।

भारतमा माघ २७ गतेदेखि फागुन २३ गतेसम्म सात चरणमा विधानसभा निर्वाचन भएको थियो । मत गणना आज बिहान आठ बजेदेखि जारी छ । निर्वाचनको परिणाम आजै सार्वजनिक हुने भारतको निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?