+
+

राजेश हमालको युट्युबमा डेब्यु : युवापुस्ता लक्षित ‘टक शो’ ल्याउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १२:०८
अभिनेता राजेश हमाल । फाइल तस्वीर

२६ फागुन, काठमाडौं । गुगलको भिडियो सेयरिङ साइट युट्युबलाई लिएर बहस भइरहँदा अभिनेता राजेश हमालले यो प्लेटफर्ममा डेब्यु गरेका छन् । पहिलो भिडियोअन्तर्गत उनले आफ्नो दिनचर्याबारेको भ्लगको ट्रेलर उक्त च्यानलमा सार्वजनिक गरेका छन् । हमालको युट्युब च्यानलको ह्याण्डल छ- ‘राजेश हमाल अफिसियल’ ।

६ महिनाको तयारीपछि अन्ततः युट्युब च्यानललाई लञ्च गरिएको हमाललाई प्राविधिक पक्षमा सहयोग गर्दै आइरहेका दशरथ सुनारले अनलाइनखबरसँग बताए । हमाल यसअघि फेसबुक, ट्वीटर र इन्स्टाग्राममार्फत जोडिएका थिए ।

हमालले आफ्नो युट्युब च्यानलमार्फत चाँडै एउटा ‘टक शो’ समेत लञ्च गर्ने तयारी गरेका छन् । युवापुस्ताका उद्यमी, किसान, सञ्चारकर्मी र विभिन्न पेसा व्यवसायका व्यक्तिलाई हमालले अन्तर्वार्ता लिने भएका छन् ।

‘टक शो जतिसक्दो चाँडो आउनेछ । अहिले तयारी भइरहेको छ । युवापुस्तामा प्र्रेरणा जगाउने खालका अभिमुखीकरण कार्यक्रम यो टक शोमा प्रस्तुत हुनेछन्,’ सुनारले जानकारी दिए ।

साथै, हमालको उक्त युट्युब च्यानलबाट घुमघाम, पर्यटन, युवापुस्ताका सरोकारका मुद्दासम्बन्धी भिडियो पनि सार्वजनिक गरिनेछ । ‘नेपाल लोकतान्त्रिक मुलुक भएको र अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि पनि युट्युबलाई उपयोग गर्ने उहाँको विचार छ,’ हमाललाई उद्धृत गर्दै सुनारले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?