+
+
Shares

‘मकैबारी’देखि ‘बबाल’सम्म :  यी हुन् गतसाता युट्युबमा धेरै हेरिएका १० गीत

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १५:२९
‘बबाल’ गीतको भिडियोको एक दृश्य ।

काठमाडौं । १५ सातामा पनि ‘दुश्मन हेरेको हेर्‍यै’ युट्युब प्लाटफर्ममा धेरै हेरिने नेपाली गीत बनेको छ । युट्युब डेटाअनुसार दुर्गेश थापाको गीतलाई पछिल्लो ७ दिनमा मात्रै ३५ लाख ४१ हजार पटक हेरिएको छ ।

यो गीत अहिले युट्युबको ग्लोबल ट्रेन्डिङमा छ । अहिलेसम्म यो गीतको युट्युब भ्यूज ८ करोड नाघेको छ ।

रोचक के छ भने, सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’ले अहिलेसम्म पनि धेरै भ्यूज पाइरहेको छ । टि सिरिजसँग मिलेर सुशान्तले हिन्दी गीत ‘उफ्’ ल्याएसँगै यसको नेपाली संस्करण ‘बार्दली’को भ्यूज पुनः बढेको अनुमान छ ।

यो गीतलाई पछिल्लो सातामा मात्रै २९ लाख पटक हेरिएको छ । सूचीको तेस्रो स्थानमा अहिले भाइरल बनिरहेको विशाल सोनीको गीत ‘मकै बारी दर्‍याम दर्‍याम’ छ । चर्चा र विवादले घेरिएको यो गीतलाई पछिल्लो सातामा मात्रै २५ लाख पटक हेरिएको छ ।

हप्ताको धेरै हेरिने सूचीको चौंथो स्थानमा रहेको वाङ्देन शेर्पाको ‘जुन नहेरी’लाई १५ लाख ६० हजार पटक हेरिएको छ । परम्परा ठाकुरको ‘राँझा’लाई १२ लाख ९७ हजार पटक हेरिएको उल्लेख छ ।

नवाज अन्सारीको गीत ‘बबाल’ छैटौं स्थानमा छ । यो गीतलाई अहिलेसम्म ११ लाख पटक हेरिएको छ । टिकटक र रिल्समा भाइरल बनेको यो गीत युवापुस्तामा रुचाइएको देखिन्छ ।

फिल्म ‘नरसिंहा अवतार’मा समावेश शम्भुजीत बासकोटाद्वारा संगीतबद्ध गीत ‘अच्छा लिकिन लण्डनको चिसोले’ गीत सातौं स्थानमा छ । यो गीतलाई ९ लाख २८ हजार पटक हेरिएको छ ।

आठौंमा शान्तारानी परियारको ‘म त ढलेँ ढलेँ’, नवौंमा एसडी योगीको ‘रुकुम मैकोट’ र दशौंमा स्वप्न सुमनको नयाँ गीत ‘राधा’ समावेश छन् ।

धेरै हेरिएको यो गीतको यो सूचीले के देखाउँछ भने बार्दली, रुकुम मैकोट, दुश्मन हेरेको हेर्‍यै लगायतका पहिलेका गीतमा अहिले पनि दर्शकको रुचि देखिन्छ । सूचीबाटै हटेको सुशान्त केसीको ‘बार्दली’ गतसाता धेरै हेरिएको दोस्रो स्थानमा आउन धेरैको लागि रोचक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?