+
+

संखुवासभा दुर्घटना अपडेट : घाइते पाँच जनाको उद्धारका लागि हेलिकप्टर आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १२:०८

२६ फागुन, विराटनगर। संखुवासभामा बस दुर्घटना हुँदा घाइते भएका यात्रुलाई हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार दुर्घटनामा घाइते पाँच जनालाई हेलिकप्टर मार्फत धरान पठाउन लागिएको हो ।

बिहीबार संखुवासभाको मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका-६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । मृतकको सनाखत गर्ने प्रयास भइरहेको खतिवडाले जानकारी दिए ।

उनका अनुसार पाँच घाइतेलाई पठाउनका लागि हेलिकप्टर मगाइएको छ । दुर्घटनामा मादी ठेगाना भएका ४८ वर्षीय डम्बरबहादुर कार्की, २२ वर्षीय तुलसा कटवाल, १७ वर्षीय करिस्मा तामाङ, २४ वर्षीय सुवास तामाङ र २४ वर्षीय युका पोखरेल घाइते छन् ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । ‘ घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको छ’ उनले भने,‘ हामी हेलिकप्टर पर्खिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?