+
+

२२ वर्षदेखि तरकारी र फलफूल खाएकी छैनन् यी युवतीले

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १३:५६

तपाईं तरकारी र फलफूल नखाइकन कति समयसम्म रहन सक्नुहोला । एकजना युवतीले चाहिँ २२ वर्षदेखि तरकारी र फलफूल खाएकी छैनन् ।

खानादेखि डर लाग्ने रोग अर्थात् फूड फोबियाका कारण उनले केवल चिकेट नगेट र चिप्सको सहारामा २२ वर्षदेखि प्राण धानिरहेकी छिन् ।

बेलायतको क्याम्ब्रिजमा बस्ने २५ वर्षीया समर मोनरोका अनुसार उनलाई अभोइडिङ रेस्ट्रिक्टेड फूड इन्टेक डिसअर्डर नामक रोग छ । ३ वर्षको उमेरमै उनलाई उक्त रोग देखिएको थियो । तीन वर्षको उमेरमा आलुको एक परिकार खाएपछि उनलाई यस्तो समस्या देखिएको थियो ।

तरकारी र फलफूल देख्दैमा उनलाई डर लाग्दछ, मन खिन्न हुन्छ र बिरामीजस्तो महसुस हुन्छ । एकपटक उनलाई उनको हजुरबाले एउटा केराउको दाना खाएमा १ हजार पाउण्ड पुरस्कार दिन्छु भन्दा पनि उनले खान सकिनन् । दिउँसोमा अरुले स्याण्डविच खाएको देख्दा उनलाई निकै अप्ठेरो महसुस हुनछ ।

आफ्नो फूड फोबिया हटाउनका लागि उनले दुईपटक थेरापी तथा हिप्नोथेरापीको सहारा लिइन् तर कुनै फाइदा भएन ।

आफूले केवल बर्डस् आई चिकेन नगेट र क्रिस्प्स मात्र खाने र खानासँगै आफ्नो शरीरको वजन पनि परिवर्तन भैरहने उनी बताउँछिन् ।

आफूले फलफूल र तरकारी अन्तिम पटक कहिले खाएको भन्ने उनलाई याद छैन । तीन वर्षदेखि खान छाडेको भन्नेमात्र सुनेकी छिन् । खानेकुराको गन्ध मन पर्ने तर त्यही खानेकुरा मुखमा हाल्दाचाहिँ बिरामी पर्ने उनको समस्या छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?