+
+

प्रदीपको जन्मदिनमा ‘प्रकाश’को रिलिज मिति घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १४:२४

२६ फागुन, काठमाडौं । प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ आगामी भदौ १० गते रिलिज हुने भएको छ । प्रदीपको जन्मदिनको अवसर पारेर फिल्मको निर्माण टिमले आफ्ना दुई मुख्य पात्रको लुक्ससहितको अफिसियल पोस्टर सार्वजनिक गरेको हो ।

दिनेश राउत निर्देशित फिल्मले विपन्न वर्गको एक गाउँले युवकले सरकारी शिक्षक बन्न गर्नुपर्ने संघर्षलाई चित्रण गर्छ । पोस्टरमा प्रदीप र दीयालाई ग्रामीण लुक्समा देख्न सकिन्छ ।

आफू अभिनित ‘प्रेमगीत ३’ महामारीको कारण लगातार पोस्टपोन्ड भइरहेको बेला प्रकाशको प्रदर्शन मिति तोकिंदा प्रदीपलाई राहत दिएको छ । वैशाख अन्तिम साता प्रदर्शनको पूर्वतयारीमा रहेको प्रकाश सोही मितिमा ‘कबड्डी ४’ आउने भएपछि पोस्टपोन्ड भएको थियो ।

प्रसाद, नोभेम्बर रेन, क्लासिक फिल्म निर्देशन गरिसकेका राउतले पछिल्लो फिल्ममा पनि सामाजिक कथावस्तुलाई चित्रण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?