
२५ फागुन, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा संसदीय दलको नेताको जिम्मेवारी खिमलाल भट्टराईलाई दिएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा चयन गरेका हुन् ।
यसअघि, राष्ट्रिय सभामा संसदीय दलको नेता रहेका सुमन प्याकुरेल थिए र उनको पदावधि २० फागुनमा सकिएको थियो । प्याकुरेल पदमुक्त भएपछि यसअघि प्रमुख सचेतक रहेका भट्टराईलाई एमालेले संसदीय दलको नेता चयन गरेको हो ।
एमालेले राष्ट्रियसभा संसदीय दलको प्रमुख सचेतकमा देवेन्द्र दाहाललाई चयन गरेको छ । संघीय संसद सचिवालयका अनुसार एमाले अध्यक्ष ओलीले राष्ट्रियसभा संसदीय दलका नेता र प्रमुख सचेतक चयन गरेको पत्र सचिवालयमा पठाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4