+
+

हत्या आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १६:३६

२६ फागुन, गोरखा । भतिजाको हत्या आरोपमा गोरखा नगरपालिका–१२ छापगाउँका चाउरे भन्ने पदमबहादुर कुमाल पक्राउ परेका छन् ।

४६ वर्षका काशीराम कुमालको हत्या आरोपमा उनकै काका ५९ वर्षका पदमबहादुरलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । सामान्य विवादमा पदमले भतिजा काशीरामलाई चिर्पटले हिर्काएको खुलेको प्रहरीले जनाएको छ । काशीरामको घटनास्थलमै मृत्यु भएपछि परिवारजनले पदमविरुद्ध जाहेरी दिएका थिए ।

प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार पदमलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अदालतको अनुमति लिइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?