
२६ फागुन, काठमाडौं । नेत्रहीन क्रिकेट संघ (क्याब) नेपालको आयोजनामा बिहीबार डीएबी मिक्स ब्लाइण्ड क्रिकेट प्रतियोगिता सम्पन्न भयो । महिला र पुरुष खेलाडीलाई समावेश गरेर क्याबले मूलपानीस्थित तल्लो मैदानमा एक दिने खेल आयोजना गरेको हो ।
खेलका लागि अष्ट्रेलियन एम्बेसीले आर्थिक सहयोग गरेको क्याबका अध्यक्ष पवन घिमिरेले जानकारी दिए । कोरोना महामारीले गर्दा प्रभावित बनेको नेत्रहीन क्रिकेट खेलाडी लामो समयपछि मैदान फर्कँदा उत्सहित थिए ।
यस्तै नेपालका लागि अष्ट्रेलियन राजदुत फेलिसिटी भोल्क पनि मैदानमा उपस्थित भएकी थिइन् । उनले क्रिजमा पुगेर ब्याटिङ गर्दै खेलाडीहरुलाई हौसला समेत प्रदान गरेका थिए । एक दिने खेलमा ललितपुरले काठमाडौंलाई पराजित गरेको थियो ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4