२७ फागुन, काठमाडौं । नेपालका पाँच युवा क्रिकेटरले भारतमा प्रशिक्षण गर्ने भएका छन् ।
राष्ट्रिय टिमबाट खेलिसकेका लोकेश कुमार बम, गुलशन कुमार झा र कुशल मल्लसँगै यू-१९ राष्ट्रिय टिमका कप्तान देव खनाल र यू-१९ टिमकै मोहमम्द आदिल अन्सारीले भारतमा प्रशिक्षण गर्ने भएका हुन् ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार पाँच क्रिकेटर बेंगलोरमा रहेको जष्ट क्रिकेट एकेडेमीमा दुई साता लामो हाई परफरमेन्स क्याम्पमा प्रशिक्षण गर्नेछन् ।
खेलाडी विकास कार्यक्रम अन्तर्गत पाँच खेलाडी भारत जान लागेको क्यानले जनाएको छ । उनीहरू शुक्रबार राति भारत प्रस्थान गर्नेछन् ।
प्रतिक्रिया 4