+
+
निर्वाचन आयोगले दियो चुनावी खर्चको सिलिङ :

मेयरका उम्मेदवारले चुनावमा साढे ७ लाख मात्र खर्च गर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १५:२६

२७ फागुन, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्च प्रस्ताव गरेको छ । तीनमध्ये कुनै न कुनै तहमा जनप्रतिनिधि रहेका राजनीतिक दलका प्रतिनिधिहरूसँग भएको छलफलमा आयोगले स्थानीय तहअनुसार उम्मेदवारहरूले गर्न पाउने चुनावी खर्चको सिलिङ प्रस्ताव गरेको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता केशव दाहालका अनुसार महानगरपालिकाका मेयरले साढे ७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगको प्रस्ताव छ ।

उपहानगरका मेयरले साढे ५ लाख, नगरपालिकाका मेयरले साढे ३ लाख र गाउँपालिकाका प्रमुखले साढे ३ लाखसम्म चुनावी खर्च गर्न पाउने आयोगले बताएको छ ।

कतिपय दलले यो खर्च नपुग्ने बताएका थिए । त्यसमध्ये एक लोसपाका नेता झा भन्छन्, वडाध्यक्ष जित्न २०/२५ लाख लाग्छ । या त खर्चको दायरा बढाउनुस्, नभए सबैलाई कारबाही गर्नुपर्छ ।’

कांग्रेस र माओवादी केन्द्रका नेताहरूले भने यो त्रुटि प्रत्यक्ष निर्वाचन प्रणालीको भएको भन्दै नियन्त्रण गर्ने हो भने पूर्ण समानुपातिकतर्फ जानुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?