+
+

र्‍याप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’ मंगलबारदेखि प्रसारण हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १६:४०

२७ फागुन, काठमाडौं । हिपहप र र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’ मंगलबारदेखि प्रसारण हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रत्येक मंगलबार र बुधबार राति ८ देखि ९ बजेसम्म इमेज च्यानलमा कार्यक्रम प्रसारण हुने जानकारी दिइएको हो ।

यो शोको यसै साता ग्राण्ड ओपनिङ सम्पन्न भइसकेको छ । पोखरा अडिसनबाट सुरु गरिने शोमा काठमाडौं, पोखरा, बुटवल, चितवन र इटहरी अडिसनबाट छानिएका १२३ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

अडिसन राउन्ड सकिएपछि टपिक र ब्याटल राउन्ड हुनेछ । शोको विजेतालाई १० लाख र दोस्रो हुनेलाई ५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । साथै उनीहरुले वर्ल्ड टुर  पनि गर्न पाउने आयोजकले जनाएको छ ।

ओएसआर डिजिटलको सहकार्यमा सुदीप पोखरेल र रोशन श्रेष्ठले ‘नेपहपको श्रीपेच’ निर्माण गरेका हुन् । र्‍यापरहरु गिरिश खतिवडा, मानष घले र बालेन शाह निर्णायकको रुपमा छन् । नेपाली र्‍याप गायनले विश्वभर चर्चा बटुलेको बताउँदै जज समेत रहेका शाहले भारत र पाकिस्तानबाट पनि प्रशंसा मिलेको बताए ।

‘हाम्रो भाषालाई विश्वभर बुझ्न थालिएको छ । भारत र पाकिस्तानसहितका विदेशी मुलुकबाट नेपाली र्‍याप गायनलाई प्रशंसा मिलेको छ,’ शाहले भने । नेपाली र्‍याप गायन डिजिटल माध्यममा बढी बिक्ने कन्टेन्ट समेत बन्न थालेको उनले बताए ।

अर्का र्‍यापर घलेले विश्वको आँखा यतिबेला नेपाली र्‍याप गायनतर्फ सोझिएको बताए । अर्का जज खतिवडाले सोका आगामी एसिपोड दर्शकलाई प्रिय हुने बताए । फिल्म र संगीत क्षेत्रका व्यक्तिले शोका प्रतिस्पर्धीको क्षमतालाई नजिकबाट चिन्ने मौकासमेत पाउने उनले बताए ।

‘नेपहपको श्रीपेच’का निर्देशक निकेश खड्काले पहिलोपटक आयोजना गर्न लागिएको यसखाले रियालिटी शोलाई दर्शकले रुचाउने विश्वास लिए । ‘यस्ता खाले शो आयोजना गर्न चुनौतीपूर्ण छ, तर दर्शकले इन्जोय गर्नुहुन्छ,’ खड्काले भने, ‘नेपाली हिपहप र र्‍याप गायनमा यसले महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।’

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?