+
+

राजपुर गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १७:०१

२७ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको राजपुर गाविसका तत्कालीन गाविस सचिव केशव घिमिरेसहित तीनजनाविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०६९/७० र ७०/७१ को आन्तरिक आम्दानी शीर्षकमा हिनामिना गरेको आरोपमा घिमिरेसहित गाविसका तत्कालीन खाता सञ्चालक सामाजिक विकास अधिकृत अरुण शाह र अर्का खाता सञ्चालक शिवजी कामतीविरुद्ध अख्तियारले शुक्रबार मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध ३ लाख २७ हजार ३४९ रुपैयाँ मागदावी लिई विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले अनुसार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा आरोप पत्र दायर गरिएको बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?