+
+

अन्तिम अभ्यास खेलमा नेपाल पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १७:२९

२७ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ को तयारीका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम अन्तिम अभ्यास खेलमा पराजित भएको छ ।

बिओआई मैदानमा शुक्रबार भएको खेलमा श्रीलंका संयुक्त-११ टिमसँग नेपाल ९२ रनले पराजित भयो ।

यसअघि नेपालले खेलेको तीनवटै अभ्यसा खेलमा विजयी भएको थियो । तर, श्रीलंकाको राष्ट्रिय टिमबाट खेलिसकेका थिसारा परेराको कप्तानीमा रहेको अनुभवी खेलाडी सम्मिलित टिमसFग भने नेपालको ब्याटिङ नचल्दा पराजित भयो ।

श्रीलंका ११ ले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपाल ३५.२ ओभरसम्म मात्र क्रिजमा टिक्दै १४० रनमै अलआउट भयो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाउँदा कुशल भुर्तेलले ३२ र रोहित पौडेलले २१ रन जोडे ।

नेपाललाई अलआउट गर्न श्रीलंका ११ का लागि एस दक्षिनाले २ तथा डि मुनाविराले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ११ ले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३२ रन बनाएको थियो । श्रीलंका-११ का लागि ए फर्नान्डोले सर्वाधिक ५६ र एस विराक्कोडीले ४९ रन बनाए ।

बलिङमा नेपालका लागि सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले ३-३, सोमपाल कामीले २ तथा कप्तान सन्दीप लामिछाने र आरिफ शेखले समान १ विकेट लिए ।

नेपाली टोली अब लिग-२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक श्रृंखला खेल्ने श्रीलंकाबाटै युएई जानेछ । नेपालले चैत २ मा पपुवा न्युगिनीसँग श्रृंखलाको पहिलो खेल खेल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?