+
+

राजेश हमालको स्वरमा रहेको ’गाउँले ठिटो’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १८:५१

२७ फागुन, काठमाडौं । नेपाली चलचित्रका नायक राजेश हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’ सार्वजनिक भएको छ ।

शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच नायक हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’को गीत र भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा नायक हमालको अभिनय पनि रहेको छ । गोबिन्द भट्टको शब्द रचना तथा सन्तोस श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषभुषामा देखिएका छन् ।

रोजगारीको लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणिय व्यक्ति बनेको कथा उक्त भिडियोमा रहेको छ । भिडियोमा हमालको साथमा उत्तम केसी, गोबिन्द भट्ट, एस.के. दाहाल लगायतको अभिनय रहेको छ ।

कार्यक्रममा बोल्दै महानायक हमालले आफू गायक नभइ नायक नै भएको भएको र गायन केवल प्रयास मात्रै रहेको बताए । हमालले आफुले अभिनय गरिरहेका अन्य म्यूजिक भिडियो जस्तो यो गीत नभएको बताउँदै तीन महिनाको मेहनत पछि यो गीत तयार भएको बताए ।

कार्यक्रममा हाल चर्चित ‘मेयर बन्नुपर्छ कि क्या हो’ भन्ने प्रसंगमा हमालले आफूले व्यंग्यात्मक रुपमा उक्त कुरा भनेको बताए ।

नायक हमालले भने, ‘कुनै नराम्रो शहरमा पनि केहि न केहि सुन्दर पक्ष हुन्छ । तर, काठमाडौंमा केही पनि छैन । परिवारसँग समय बिताउने स्तरीय स्थान समेत छैन । यसतर्फ कसैको ध्यान छैन । केहि न केहि त हुनुपर्छ शहरमा भनेर मैले व्यंग्य गरेको हुँ’।’

कार्यक्रममा हमालकी पत्नी मधु भट्टराईको पनि उपस्थिती थियो । भट्टराईले हमालको गायन क्षमता यति धेरै राम्रो छ भनेर आफुलाई पहिले थाहा नभएको बताइन् ।
गीत हेर्दा रमाईलो लागेको बताउँदै उनले यो गीत गाउन आफुले प्रेरित गरेको सुनाईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?