+
+

पोखरामा ओली : पत्रकारलाई ‘उपदेश’, अदालतप्रति कटाक्ष

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीसम्वद्ध प्रेस चौतारी नेपालको महाधिवेशनलाई करिब डेढ घन्टा लामो सम्बोधन गरे ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते २०:४३

२७ फागुन, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीसम्वद्ध प्रेस चौतारी नेपालको महाधिवेशनलाई करिब डेढ घन्टा लामो सम्बोधन गरे ।

सम्बोधनका क्रममा सामाजिक सञ्जालमा के लेख्ने/नलेख्ने मात्र होइन, पत्रकारिताबारे पनि सुझाए । पत्रकारिताको इतिहासदेखि बोलेका ओलीले आफ्नो विरोधमा समाचार नआए नेपाली मिडियामा एकपक्षीय भयो भन्ने नगरिएको बताए ।

एमालेको विरोधमा लेख्नुलाई आलोचनात्मक चेत मानिने गरेको भन्दै उनले भने, ‘ खै त केपी ओलीको विरोध तपाईंको मिडियामा ? यो त एकपक्षीय भयो नि भन्छन् । परमादेशीहरु आलोचनात्मक चेत भएका, चुच्चेनक्साको विरोध गर्नेहरु आलोचनात्मक चेत भएका, धरहरा बनेकोमा टाउको दुख्नेहरु अलोचनात्मक चेत भएका भन्छन् । परमादेशीहरुको पक्षमा खुरुखुरु लेख्दा वुद्धिजीवी हुन्छ ।’

प्रेस स्वतन्त्रताका नाममा नेपालमा एल्लो जर्नालिजम हुने गरेको भन्दै उनले आलोचना गरे । साथै उनीहरुले जनतालाई बताएका गलत कुराहरु चिर्न पार्टीसम्वद्ध पत्रकारहरुलाई आग्रह गरे ।

सम्बोधनका त्रलममा एमाले अध्यक्ष ओलीले गठबन्धनसँगै सर्वोच्च अदालतप्रति पनि कटाक्ष व्‍यक्त गरे । वर्गीय पूर्वाग्रह राखेर आफूले गरेको संसद विघटन उल्टाएको भन्दै उनले भने, ‘उहिल्यै एक जनाले भनेका थिए, सर्वोच्च अदालतमा गोरु ब्यायो । यो पटक गोरु ब्यायो मात्र होइन, ५ वटा बाच्छा पनि पायो ।’

पूर्वसहकर्मी प्रचण्ड र माधवकुमार नेपालको आलोचना गर्दै उनले दशा लागेर आफ्नो सरकार ढालेको बताए ।उनले अघि भने, ‘सरकार ढालेर हेर्नुस् त विचराहरु ढोका बाहिर पर्खेर बस्नु परेको छ । कोही प्रसाद बाँड्न आउँछ कि भनेर । कताका जंगेहरु, कताका बुंगे भए । वुद्धि बिग्रिएपछि यस्तो हुन्छ ।’

अहिले राष्ट्रिय राजनीति दुईतिर बाँडिएको उनले बताए । एउटा देशभक्तिको पक्षमा, अर्को जालझेल र षडयन्त्रको पक्षमा रहेका भन्दै उनले भने, निर्वाचनका माध्यमबाटै ठेगान लगाउन सक्छौं । महान जनताको साथ हामीलाई छ ।’

सामाजिक सञ्जाल प्रयोगबारे बोल्दै उनले प्रविधिको सही प्रयोग गर्न पनि सुझाएका छन् । ‘आज हामी इलोक्ट्रोनिक जमानामा छौं, सामाजिक सञ्जालको जमानामा छौं, आज एउटा ट्वीट गर्दा दुनियाँभरि पुग्छ । फेसबुकमा लेख्दा दुनियाँभरि पुग्छ,’ एमाले अध्यक्ष ओलीले भने, ‘ट्वीट गर्दा यस्तो गरौं, जो सही उचित हुन सकोस् । हाम्रो फेसबुक स्टाटसले राम्रो कुरा दिओस् । हामीले अनावश्यक रुपमा नलेखौं ।’

‘हामी यसरी फेसबुक स्टाटस लेख्न थालेका छौं कि प्यास लाग्यो पानी खाउँ कि क्याहो ? भनेर फेसबुकमा पनि लेख्यो, पानी पनि खायो । पानी खायो कस्तो आनन्द आयो भन्यो फेरि फेसबुकमा लेख्यो । हाम्रो लेखाइले, हाम्रो स्टाटसले, हामीले बनाइदिएको टिकटकले समय बर्बाद अरुको पनि नगरिदिओस् ।’

सत्य युगदेखि कतियुगसम्मको ब्याख्या गरेका ओलीले मरेपछि आफूलाई नसम्झन सुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?