
२९ फागुन, वाशिङ्टन डिसी । अमेरिकाको भर्जिनियामा रहेका नेपालीहरूले साहित्यकार डा. तारानाथ शर्माको सम्झना गरेका छन् । फल्स चर्च शहरको थोमस जेफरसन पुस्तकालयमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानले उनको सम्झनामा स्मृति सभा गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि डा. गोपी उप्रेतीले तारानाथ शर्माले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गरे ।
नेपाली दूतावासका प्रतिनिधि इकोनोमिक काउन्सिलर होमकान्त भण्डारीसहितको उपस्थितिमा भएको कार्यक्रमममा कवि वसन्त श्रेष्ठले डा. शर्माको परिचय प्रस्तुत गरेका थिए ।
साहित्यकारहरु सीता पाण्डे, उत्तम भौकाजी, कृष्ण भण्डारीलगायतले डा. तारानाथ शर्माको योगदानबारे चर्चा गर्दै उनको स्मरण गरेका थिए ।
अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार गोविन्द गिरी प्रेरणाको अध्यक्षतामा भएको कार्यक्रममा खसखस डटकमका सञ्चालक साहित्यकार वासु श्रेष्ठले अतिथिलाई स्वागत गरेका थिए । कार्यक्रमको सहजीकरण कवि/गीतकार पुष्पा खनालले गरेकी थिइन् ।
प्रतिक्रिया 4