
२९ फागुन, काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिका लागि हुन लागेको दोस्रो चरणको निर्वाचनमा डा. प्रेमध्वज लामाले वंशलाल तामाङलाई समर्थन गर्ने निर्णय गरेका छन् ।
दोस्रो चरणमा जंगबहादुर लामा र वंशलाल तामाङबीच प्रतिस्पर्धा हुँदै छ । सभापति पदमा जंगबहादुर, वंशलाल र प्रेमध्वज चुनाव लडेका थिए । तर कसैले पनि ५१ प्रतिशत मत नपाएकाले धेरै मत पाएका दुई जना जंगबहादुर र वंशलालबीच पुनः प्रतिस्पर्धा हुँदै छ ।
१ हजार ८६८ मतमध्ये जंगबहादुरले ७०५ र वंशलालले ६२९ मत पाएका थिए । ४९३ मत पाएर तेस्रो स्थानमा रहेका प्रेमध्वज भने सभापति पदको प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
उनले दोस्रो चरणको निर्वाचन सुरु हुनुअघि विज्ञप्ति जारी गर्दै वंशलाललाई समर्थन गर्ने जानकारी दिएका छन् ।
आजको प्रमुख चुनौती व्यक्तिवादी र निजी स्वार्थको निरन्तर वर्चस्व कायम गर्न खोज्ने प्रवृत्ति विरुद्धको हो भन्दै उनले विज्ञप्तिमा लेखेका छन्, ‘मर्यादित राजनीतिलाई जीवित राख्न यो ऐतिहासिक क्षणमा हुन लागेको दोस्रो चरणको निर्वाचनमा सभापति पदमा मेरा मित्र वंशलाल तामाङलाई मतदान गर्ने निर्णय गरेको छु ।’ उनले अन्य
प्रतिनिधिहरुसँग पनि वंशलाललाई जिताउन आह्वान गरेका छन् ।
प्रतिक्रिया 4