+
+

विषम परिस्थितिमा सबै मिलेर अगाडि बढ्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १२:०५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको विषम परिस्थितिबाट मुलुकलाई बाहिर ल्याउन सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।

चितवन उद्योग वाणिज्य संघको ५५औं वार्षिक साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै ढकालले राज्य, निजी क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने अवस्था नभएको बताए ।

‘कोभिड-१९ को कारण तथा रुस र युक्रेनबीचको युद्धका कारण पेट्रोलियम, खाद्यान्न लगायत धेरै वस्तुको मूल्य बढेको छ र आउँदा दिन अझै कठिन हुने देखिन्छ । यस्तो अवस्थामा एउटा पक्षले अर्को पक्षलाई आरोप लगाउनु भन्दा पनि सबै मिलेर यो विषम परिस्थितिलाई पार लगाउनुपर्छ,’ उनले भने ।

स्थानीय वासिन्दा, राजनीतिक दल, निजी क्षेत्र सबैको समानबुझाइ भएमा चितवनलाई राम्रो पर्यटकीय स्थलहरुको रुपमा विकास गर्न सकिने उनको भनाइ थियो ।

स्थानीय व्यवसायीहरुले जिल्लामा रोजगारी बढाउने, स्थानीय साधन स्रोतको उपयोग गर्ने खालका व्यवसाय अगाडि बढाएमा निजी क्षेत्रको तर्फबाट मात्र नभई आईएमई समूहको अध्यक्ष एवं ग्लोबल आईएमई बैंकको अध्यक्षको रुपमा समेत सहकार्य र सहयोग गर्न आफू तयार रहेको उनको भनाइ थियो ।

निजी क्षेत्रको विकासमा चितवन उद्योग वाणिज्य संघले खेलेको भूमिकाको प्रसंशा गर्दै उनले नयाँ कार्यसमितिले थप महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?