+
+

एनआईसी एशिया बैंकले ल्यायो सर्वश्रेष्ठ स्थानीय बचत तथा मुद्दती खाता, यस्ता छन् फाइदाहरु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १७:१९

काठमाडौं । मुलुकको प्रत्येक टोलटोलमा पुगेको एनआईसी एशिया बैंकले स्थानीय जनतालाई लक्षित गरेर बैंकिङ क्षेत्रकै सबैभन्दा धेरै फाइदाहरु भएको सर्वश्रेष्ठ स्थानीय बचत तथा मुद्दती खाता ल्याएको छ ।

बैंकले स्थानीय गाउँपालिका, नगरपालिका र महानगरपालिकासँग सहकार्य गर्दै उक्त क्षेत्रमा बसोबार गर्ने स्थानीयको दैनिक क्रियाकलाप सहज बनाउन र आर्थिक उन्नतिमा सहयोग गर्ने उद्देश्यले यस्तो खाता सञ्चालनमा ल्याएको हो ।

स्थानीय जनताको आर्थिक, सामाजिक र राजनीतिक उन्नति प्रगतिमा सहयोग गर्ने यस्ता खाता योजना प्रत्येक घरपरिवारमा पुर्‍याउन स्थानीय पालिकाहरुले सहजीकरण गर्ने विश्वास बैंकले लिएको छ ।

नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक २४ सर्वश्रेष्ठ फाइदासहित सञ्चालनमा ल्याइएको यो नविन सर्वश्रेष्ठ स्थानीय वचत खाता हो । एनआईसी एशिया बैंकका अन्य बचत खातामा भन्दा १० गुणा बढी फाइदाहरू यस स्थानीय बचत खाता रहेका छन् ।

जसमा ३ बीमा सम्बन्धी कुल ८४ लाखरुपैयाँसम्मको बीमा फाइदाहरु, सर्वाधिक उच्च ब्याजदर, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू रहेका छन् ।

‘स्थानीय स्तरका जनताको आर्थिक एवं सामाजिक उन्नतिमा एनआईसी एशिया बैंक र पालिकाहरुको सहकार्यले उल्लेखनीय उपलब्धि हासिल हुनेछ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले भने, ‘स्थानीयसँग हातेमालो गरी उहाँहरूको हितलाई ध्यानमा राखि विविध फाइदाहरू रहेको यस प्रकारको खाताबाट पक्कै पनि स्थानीयहरूको सर्वोत्तम हित हुनेछ ।’

बैंकले विभिन्न तीन प्रकारका स्थानीय बचत तथा मुद्दती खाता उपलब्ध गराएको छ । त्यस्ता खाताहरुमा एनआईसी एशिया गुडविल एम्बेसडर, द प्राइड अफ एनआईसी एशिया र द पार्टनर अफ एनआईसी एशिया रहेका छन् ।

यस्ता छन् फाइदाहरुः

व्याजदर र न्यूनतम मौज्दात

बैंकले तीन प्रकारका खाताअनुसार फरक फरक न्यूनतम मौज्दातमा खाता खोल्न सक्ने फाइदा उपलब्ध गराएको छ । एनआईसी एशिया गुडविल एम्बेसडर खाताको लागि १० हजार रुपैयाँ न्यूनतम मौज्दात तोकिएको छ ।

त्यस्तै, प्राइड खाताको लागि ५ हजार रुपैयाँ र पार्टनर खाताको लागि २ हजार ५ सय रुपैयाँ न्यूनतम मौज्दात तोकिएको छ । यी सबै खातामा ग्राहकले वार्षिक ८.०३ प्रतिशत ब्याजदर पाउनेछन् ।

८४ लाखसम्मको बीमा फाइदा

बैंकले स्थानीय बचत खाता खोल्ने ग्राहकलाई २१ लाखदेखि ८४ लाख रुपैयाँसम्मको बीमा फाइदा उपलब्ध गराएको छ । जस्तो कि एनआईसी एशिया गुडविल एम्बेसडर खोल्ने ग्राहकले ८४ लाख रुपैयाँ बराबरको बीमा फाइदा पाउनेछन् ।

गुडविल एम्बेसडर स्थानीय बचत खाता खोल्ने ग्राहकले ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोग बीमा र ४ लाखको औषधि उपचार बीमा पाउने छन् । औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजार रुपैयाँ र ओपीडी उपचारका लागि ८० हजार रुपैयाँसम्म पाउने छन् । यो बीमा फाइदा पाँच वर्षसम्म उपलब्ध हुनेछ । यसको अर्को महत्वपूर्ण पक्ष भनेको खातावालाले तोकेकोे अन्य तीन जनाले पनि यो बीमा फाइदा पाउनेछन् । तसर्थ, यस बचत योजनामा खातावालासहित ४ जनाले प्रतिव्यक्ति २१ लाख रुपैयाँ सम्मको बीमा फाइदा प्राप्त गर्नेछन् ।

त्यस्तै, प्राइड स्थानीय बचत खाता खोल्ने ग्राहकले ४२ लाख रुपैयाँको बीमा फाइदा प्राप्त गर्नेछन् । यसमा दुर्घटना बीमाको लागि २० लाख रुपैयाँ, घातक रोग बीमा २० लाख रुपैयाँ र औषधि उपचारको लागि २ लाख रुपैयाँ बीमा रकम उपलब्ध गराइएको छ । औषधोपचार बीमाको २ लाख मध्ये अस्पताल भर्ना भएको अवस्थामा १ लाख ६० हजार रुपैयाँ र ओपीडीको लागि ४० हजार रुपैयाँ बीमावापत उपलब्ध गराइने छ । यस खाता खोल्ने ग्राहकले तोकेको अर्को एकजनाले पनि यो बीमा पाउने छन् । बचत योजनामा खातावालासहित २ जनाले प्रतिव्यक्ति २१ लाख रुपैयाँ सम्मको बीमा फाइदा प्राप्त गर्नेछन् । यस्तो बीमा फाइदा ५ वर्षका लागि उपलब्ध हुनेछ ।

त्यस्तै, पार्टनर स्थानीय बचत खाता खोल्ने ग्राहकले २१ लाख रुपैयाँ बराबरको बीमा फाइदा पाउने छन् । जसमा दुर्घटना बीमा १० लाख, घातक रोक बीमा १० लाख र औषधोपचार बीमा १ लाख रहेको छ । औषधोपचारको १ लाख बीमा मध्ये ओपीडी उपचारको लागि २० हजार रुपैयाँ र अस्पताल भर्नाको लागि ८० हजार रुपैयाँ तोकिएको छ । पाँच वर्षसम्म उपलब्ध हुने यो बीमा फाइदा यस खाताको बीमा भने खातावालाले मात्र प्रयोग गर्न पाउनेछन् ।

सम्पत्ति अभिवृद्धि फाइदा

स्थानीय बचत खाता भएका हरेक ग्राहकले आफ्नो आर्थिक क्रियाकलापलाई वृद्धि गर्न सम्पत्ति अभिवृद्धि फाइदाहरु पनि प्राप्त गर्ने छन् ।

एनआईसी एशिया बैंकका स्थानीय बचत खाताका ग्राहकले सेयर कारोबारको लागि विभिन्न फाइदाहरु पाउनेछन् । जस्तो कि गुडविल एम्बेसडर, प्राइड र पार्टनर तीनै स्थानीय बचत खातामा डिम्याट खाता र मेरो शेयर शुल्क पाँच वर्षको लागि निःशुल्क उपलब्ध गराइएको छ । त्यस्तै, तीन वटै खातावालाले पोर्टफोलियो म्यानेजमेन्ट सेवा शुल्कमा ५ वर्षको लागि ५० प्रतिशत छुट पाउनेछन्

कर्जासम्बन्धी फाइदाहरु

स्थानीय बचत खाता खोल्ने ग्राहकले आफ्ना खातामा रहेको औसत रकमको १० गुणा बढी सम्म कर्जा पाउने फाइदा पाउने छन् । जस्तो कि ग्राहकले आफ्नो खाताको ३ महिनाको औसत मौज्दातको १० गुणा बढी पूर्व स्वीकृति कर्जा पाउनेछन् ।

यो फाइदा गुडविल एम्बेसडर, प्राइड र पार्टनर तीनै खातामा उपलब्ध गराइएको छ । यो कर्जा सीमामा आधार दरमा लाग्ने प्रिमियम शुल्क १ प्रतिशत र कर्जा प्रशासनिक शुल्क ०.२५ प्रतिशत रहेको छ ।

डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ

स्थानीय बचत खाता खोल्ने ग्राहकले एनआईसी एशिया बैंकले उपलब्ध गराउने डिजिटल र ट्रान्जेक्सन बैकिङका निःशुल्क र सहुलियत फाइदाहरु पाउने छन् । त्यस्ता अधिकांश सेवाहरु पाँच वर्षको लागि निःशुल्क उपलब्ध छन् ।

जस्तो कि डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड वार्षिक शुल्क, प्रिपेड डलर कार्ड, इ–कमर्श एक्टिभेसन, निःशुल्क चेक प्रोसेसिङ, निःशुल्क आरटीजीएस, निःशुल्क आइपीएस/सीआईपीएस, एटीएमबाट नगद झिकेको (स्वदेशी बैंक) र एटीएमबाट मौज्दात जाँच गरेको (विदेशी बैंक) जस्ता फाइदाहरु पाँच वर्षको लागि निःशुल्क उपलब्ध गराएको छ ।

क्रेडिट कार्डमा आवद्ध भएको र जारी भएको शुल्क सधैभरीको लागि निःशुल्क रहेको छ । क्रेडिट कार्ड सीमा ५ लाख रुपैयाँसम्म रहेको छ । लकरको शुल्क पाँच वर्षको लागि १०० प्रतिशत लकर शुल्क निःशुल्क रहेको छ । साथै, लक मार्जिन १०० प्रतिशत छुट रहेको छ । अमेरिकी डलर, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, युरो, पाउन्ड जस्ता विदेशी मुद्रा सटही प्रिमियम २५ पैसा रहेको छ । यी सबै फाइदा तीन वटै खाताको लागि उपलब्ध रहेका छन् ।

प्रिभिलेज बैंकिङ

एनआईशी एशिया बैंकले ग्राहकलाई उपलब्ध गराउने जनुुसुकै सेवा र फाइदा आफूले तोकेको समयावधि भित्रै उपलब्ध गराउने सत प्रतिशत ग्यारेन्टी लिएको छ । बैंकले उपलब्ध गराएका सेवा र सुविधहरु बैंक आफैले तोकेको समयभन्दा छिटो सेवा नभएमा ग्राहकलाई क्षतिपूर्तिको दिने घोषणा पनि बैंकले गरेको छ ।

जस्तो कि कुनै पनि सेवाको लागि बैंकले तोकेको समयभन्दा आधा समयभित्र सेवाहरु उपलब्ध हुनेछन् । यो तीनवटै खाताको लागि राखिएको छ । यी तीनवटै खाताको लागि डेडिकेटेड रिलेसनसिप म्यानेजमेन्ट उपलब्ध गराएको छ ।

सर्वश्रेष्ठ स्थानीय मुद्दती खाता

एन आई सी एशिया बैंकले ग्राहकको थप फाइदाका लागि सर्वश्रेष्ठ स्थानीय मुद्दती खाताको फाइदा पनि उपलब्ध गराएको छ । मुद्धती खातामा पनि ग्राहकले गुडविल एम्बेसडर, प्राइड र पार्टनर खाता आफ्नो आवश्यकता अनुसार खोल्ने सक्नेछन् ।

एनआईसी एशिया गुडविल एम्बेसडर खातामा न्यूनतम मौज्दात १० लाख रुपैयाँ हुनुपर्ने छ । त्यस्तै, द प्राइड अफ एनआईसी एशिया मुद्धती खातामा न्यूनतम मौज्दात ५ लाख रुपैयाँ र द पार्टनर अफ एन आइ सी एशिया मुद्धती खातामा २ लाख ५० हजार रुपैयाँ न्यूनतम मौज्दात हुनुपर्ने छ ।

तीनवटै खातामा ग्राहकले वार्षिक ११.०३ प्रतिशत ब्याजदर पाउनेछन् भने मौज्दातको अवधि ३ महिनादेखि १० वर्षसम्म राख्न सकिनेछ । यस प्रकारको खाता खोल्दा बैंकमा कुनै पनि प्रकारको शुल्क लाग्दैन र अन्य सेवा र फाइदाहरुमा लाग्ने शुल्क ५ वर्ष निःशुल्क हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?