+
+

एक्लै जित्न सक्ने ठाउँमा तालमेल आवश्यक छैन : प्रदीप पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १७:२०

२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीले एक्लै जित्ने स्थानमा चुनावी तालमेलको आवश्यकता नरहेको बताएका छन् ।

‘गठबन्धन गर्नैपर्छ भन्ने छैन । एक्लै जित्न सकिन्छ भने कांग्रेसले कसैसँग गठबन्धन गर्न आवश्यक छैन’ चुनाव प्रचार अभियानमा स्याङ्जा पुगेका पौडेलले आइतबार भने, ‘सैद्धान्तिक पक्षबाट कांग्रेस र कम्युनिस्टको विचार मिल्दैन । नदिको दुई किनारा जस्तो हो, भेटै हुँदैन ।’

स्थानीय तहमा गठबन्धन गर्ने वा नगर्ने अधिकार तल्लो तहकै संरचनालाई जिम्मेवारी दिनुपर्ने पौडेलको राय छ । उनले भने, ‘स्थानीय तहमा आवश्यक भए गठबन्धन हुन्छ, नभए हुँदैन भनी केन्द्रले निर्णय गर्नुपर्छ ।’

नेता पौडेलले पार्टीको आन्तरिक निर्वाचन सकिएकाले दलभित्र मनमुटाव नराख्न कार्यकर्तालाई आग्रह गरे । ‘हार्नेलाई पनि सँगै लान सके तपाईंको वाहवाही हुन्छ । …जित्ने साथीहरु सिकन्दर नठान्नुस्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?