+
+

इन्जिनियरको चुनावमा कांग्रेस निकट सिडेनको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १८:११
सिडेनबाट अध्यक्ष पदका उम्मेदवार हरिबहादुर दर्लामी ।

२९ फागुन, काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)ले अग्रता लिएको छ ।

३३ औं केन्द्रीय कार्यकारिणी समितिको लागि भएको निर्वाचनको जारी मतगणनामा धेरैजसो पदमा सिडेनका उम्मेदवारले अग्रता लिएका छन् ।

मतगणना सकिएका पाँचवटा प्रदेशको अध्यक्षमा सिडेनका उम्मेदवार निर्वाचित भएका छन् । प्रदेश १ मा जयनाथ यादव, गण्डकी विजेन्द्र केसी, लुम्बिनीमा शैलेन्द्र श्रेष्ठ, कर्णालीमा हरि केसी र सुदूरपश्चिममा पदमराज पन्त अध्यक्षमा निर्वाचित भएका सिडेनको प्यानलबाट उपमहासचिवका उम्मेदवार सरोज धितालले बताए ।

मधेश र बागमती प्रदेश पदाधिकारीको मतगणना जारी छ । ‘पदाधिकारीमा कर्णालीमा कोषाध्यक्ष जित्न सकेनौं । एक/दुई स्थानमा केही सदस्यले जितेनौं’ उनले भने ।

इन्जिनियर्स एशोसिएसनको केन्द्रीय समितिमा पनि सिडेनकै प्यानलका सबै जनाले अग्रता लिएको धितालले बताए । प्रदेश कार्यसमिति १५ र केन्द्रीय समिति २३ जनाको हुने व्यवस्था छ ।

इन्जिनियर्स एशोसिएसनमा डा. हरिबहादुर दर्लामी अध्यक्ष रहेको प्यानललाई कांग्रेसले मान्यता दिएको छ । कांग्रेस निकटकै इन्जिनियरहरूले दिलीपकुमार झाको नेतृत्वमा अर्को प्यानल बनाएर प्रतिस्पर्धा गरेका छन् ।

दर्लामीको प्यानलको उपाध्यक्षमा डा. नारायणप्रसाद अधिकारी, महासचिवमा रविभूषण झा, उपमहासचिवमा सरोज धिताल, कोषाध्यक्षमा दिनेश त्रिपाठी र सहकोषाध्यक्षमा दीपक अधिकारी उम्मेदवार छन् ।

अन्तिम मतपरिणाम सोमबार साँझसम्म सार्वजनिक हुने धितालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?