+
+

आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट, दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १७:१८

३० फागुन, काठमाडौं । आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दाङ सौडियार घर भई काठमाडौं शान्तिनगर बस्दै आएका २८ वर्षीय महेश विश्वकर्मा र दाङकै घोराही उपमहानगरपालिका–८ का २४ वर्षीय राजेन्द्र सिन छन् । महेशलाई काठमाडौंबाट र राजेन्द्रलाई दाङबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

उनीहरूले गत बुधबार राति साढे ८ बजेतिर चाबहिलस्थित ओम शाही टन्च सेन्टर सुन पसलका सञ्चालक ३४ वर्षीय व्यवसायी तथा भारतीय नागरिक अमोल भोस्लेलाई लुटपाट गरेको प्रहरीले जनाएको छ ।

मैनालीकाअनुसार पसल बन्द गरेर १२ लाख रुपैयाँ र ४२ तोला सुन बोकेर घर जाँदै गरेका भोस्लेको आँखामा खुर्सानी छर्केर उनीहरूले लुटपाट गरेका थिए ।

उनीहरूको साथबाट एक लाख ६६ हजार नगद, दुईवटा मोटरसाइकल, २६१ ग्राम सुन र तरबार तथा खुँडालगायतका सामग्रीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?