+
+
Shares

…जब ट्याक्सीबाट हत्कडीसहित भागे प्रमोद

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते १४:३९
सांकेतिक तस्वीर

२६ वैशाख, काठमाडौं । प्रहरीले गत ३० चैतको राति पौन ११ बजेतिर लागु औषध ब्राउन सुगरसहित प्रमोद सुतिहार ठाकुरलाई पक्राउ गर्‍यो ।

काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ परेका ठाकुरलाई प्रहरीले हत्कडी लगाउँदै भाडाको ट्याक्सीमा हालेर कार्यालय ल्याउँदै थियो । सो बेलामा बालाजु पुलखण्डमा आइपुगेपछि प्रहरीको आँखा छलेर ठाकुर ट्याक्सीको ढोका खोल्दै ओर्लिएर फरार भए ।

सँगैको प्रहरीलाई समेत छक्याएर ट्याक्सीबाट हत्कडीसहित भागेका ठाकुर तीन दिनसम्म फेला परेनन् । प्रहरी खोजतलासको क्रममा उनी ३ वैशाखको बिहान १० बजेतिर टोखा नगरपालिका–३ भत्केको पुल क्षेत्रबाट पक्राउ परे ।

उनी पक्राउ परेपछि अनुसन्धान गर्दा ठाकुरको हत्कडी खोल्नदेखि उनलाई सँगै राख्न सहयोग गरेको आरोपमा उनका भिनाजु नाता पर्ने ओम नारायण शर्मा पक्राउ परे ।

सप्तरीको महादेवा गाउँपालिका–२ घर भएका शर्मा टोखामा फर्निचरमा काम गर्दै आएका थिए । ट्याक्सीबाट भागेपछि ठाकुर फर्निचर कारखानामा पुगेका थिए । त्यसपछि शर्माले नै ह्याक्सोको सहायताले ठाकुरको हत्कडी काटेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

हत्कडीसहितको मान्छे आएपछि प्रहरीलाई जानकारी गराउनुको साटो उल्टै हत्कडी खोल्दै सँगै राखेर काम लगाएको भन्दै शर्माविरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा उनीविरुद्ध पक्राउबाट उम्काउन र थुनाबाट भगाएको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । हत्कडी भने विष्णुमति खोलामा फालेको बयान उनले दिएका छन् ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १०२ अनुसार पक्राउबाट उम्काउने तथा थुनाबाट भगाउने काम गरेमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?