+
+

ग्लोबल आईएमई बैंक र ग्याँस बिक्रेता महासंघबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १७:५५

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र ग्याँस बिक्रेता महासंघ नेपालबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र ग्याँस बिक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका छन् ।

उपभोक्ताहरुलाई ग्यास खरिद तथा बिक्री गर्दा क्यूआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रबर्द्धनका लागि यी दुई संस्थाबीच सहकार्य गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना भुक्तानी साझेदारहरु स्मार्ट च्वाइस टेक्नोलोजी र फोन पे सँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रबर्द्धनका लागि ग्याँस बिक्रेता महासंघसँग समन्वय गरेको हो ।

सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रबर्द्धनका लागि ग्लोबल आईएमई बैंकले विभिन्न संघ–संस्थासँग सम्झौता गर्दै आएको छ ।

महासंघका अध्यक्ष अर्यालले बैंकसँगको सहकार्यले महासंघमा आवद्ध मुलुकभरका २० हजारभन्दा बढी ग्याँस बिक्रेताहरु सिधै लाभान्वित हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?