+
+

मोटरसाइकल चोरी गरेर भाग्दै गरेका दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १९:३८

३० फागुन, जनकपुरधाम । जनकपुरधामबाट २ वटा मोटरसाइकल चोरी गरेर भाग्दै गरेका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका-५ स्थित महावीर चोकमा पार्किङ गरी राखेको मोटरसाइकल चोरेर भाग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रदेश २–०३–००९ प २९२६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल लगिरहेका सिरहाको मिर्चैया नगरपालिका- २ का २० बर्षीय अर्जुन यादव र बा. ९६ प. ९७८० नम्बरको मोटरसाइकल लगिरहेका सोही ठाउँका १९ बर्षीय दीपेन्द्र यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

शंका लागेर सोधपुछ गर्दा उनीहरुले महावीर चोकस्थित भित्री गल्लीमा पार्किङ गरेको मोटरसाइकल चोरी गरेर भाग्न लागेको देखिएकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?