+
+

स्थानीय चुनाव बहिस्कार गर्ने क्रान्तिकारी माओवादीको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते २०:१६

३० फागुन, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचान बहिस्कार गर्ने भएको छ ।

क्रान्तिकारी माओवादीको आइतबार सकिएको केन्द्रीय समितिको बैठकले ३० वैशाख २०७९ लाई तोकिएको निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।

अध्यक्ष वैद्यद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमा यो चुनावमा पैसाको खोलो बग्ने, स्रोत साधनको चरम दुरुपयोग हुने र स्वतन्त्र र निष्पक्ष पनि हुन नसक्ने उल्लेख छ ।

तर अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने दलहरुको भण्डाफोर गर्नुपर्ने बताएका उनले निर्वाचन उपयोगको प्रश्न हरेक दृष्टिले सार्थक बन्ने सम्भावना नरहेको र पार्टीको क्रान्तिकारी छवि उपयोग होइन, बहिस्कारद्वारा बच्ने बताएका छन् ।

चुनाव बहिस्कार आन्दोलनलाई दुई महिने अभियानकै रुपमा चलाउने क्रान्तिकारी माओवादीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?