+
+

प्याब्सन केन्द्रीय नेतृत्वमा लुम्बिनीबाट डेढ दर्जन आकांक्षी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते २०:२३

३० फागुन, बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आगामी केन्द्रीय महाधिवेशनमा लुम्बिनी प्रदेशबाट पदाधिकारी र केन्द्रीय सदस्यमा डेढ दर्जनले उम्मेदवारी घोषणा गरेका छन् ।

प्याब्सन लुम्बिनी प्रदेशले तिलोत्तमाको मंगलापुरमा गरेको अन्तरसंवाद (ककस) कार्यक्रममा प्याब्सनको केन्द्रीय उपाध्यक्षमा रुपन्देहीका विष्णु पन्थी, पाल्पाका खेम सारु र नवलपरासीका हेमबहादुर थापाले दावी प्रस्तुत गरेका छन् ।

यस्तै सचिवमा दाङका यादव गिरी र नवलपरासी पश्चिमका सुवर्ण न्यौपानेले तथा रुपन्देहीका हेमलाल भुसालले केन्द्रीय सहकोषाध्यक्षमा दाबेदारी पेश गरेका छन् । यस्तै केन्द्रीय सदस्यमा रुपन्देहीबाट लेखनाथ पौडेल, खेमेन्द्र राना, टीकाराम न्यौपाने, कृष्णप्रसाद शर्मा र मातृकाप्रसाद यादवले उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

यस्तै पाल्पाका भरतप्रसाद न्यौपाने, नवलपरासीका सन्तोष अधिकारी, कपिलवस्तुका शिव गैरे, प्युठानका जगन्नाथ पोखरेल, दाङका निर्मल न्यौपाने, बाकेका सुनिल गुप्ता र अर्घाखाँचीका गणेश क्षेत्रीले उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

प्याब्सनको विधान अनुसार प्रदेशबाट एक जना उपाध्यक्ष र ५ जना केन्द्रीय सदस्य निर्वाचन हुन पाउँछन् । आकांक्षी धेरै भएकाले सहमति जुटाउन प्याब्सन लुम्बिनी प्रदेश संयोजक लालहरि पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय सहजीकरण समिति गठन भएको छ ।

समितिमा प्याब्सन केन्द्रीय सल्लाहकार लोकनाथ उपाध्याय, सुमन गुरुवाचार्य, नारायण अधिकारी र निर्मल उपाध्याय रहेका प्याब्सन लुम्बिनी प्रदेशका सचिव धनराज चापागाईंले जानकारी दिए । चैत २ गतेदेखि चुनावी प्रक्रिया सुरु हुने महाधिवेशनको उद्घाटन ९ गते र मतदान १० गते हुने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?