+
+

साउदी राजकुमारसँग नेपाली श्रमिक हितका विषयमा प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री शेरबहादुर देउवाले साउदीमा कार्यरत नेपाली श्रमिमको हितका विषयमा  साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदसँग चासो राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १९:४९

१ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले साउदीमा कार्यरत नेपाली श्रमिमको हितका विषयमा  साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदसँग चासो राखेका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले चासो राखेका हुन् ।

साउदी फर्कनुअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायतसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए ।

भेटमा दुई देशबिचको आपसी हितका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

यस्तै परराष्ट्रमन्त्री डा. खड्कासँगको भेटका क्रममा पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

नेपालको दुई दिने औपचारिक भ्रमणका पूरा गरी साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आजै फर्किकएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?