+
+
Shares

अर्घाखाँचीमा पाँच दलीय सहमतिको मसालले गर्‍यो स्वागत

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १०:४५
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह

२ चैत, काठमाडौं । अर्घाखाँचीमा अबका तीन वटै चुनावमा गठबन्धन गर्ने पाँच दलको सहमतिको नेकपा मसालले स्वागत गरेको छ ।

अर्घाखाँचीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गत सोमबार अबका तीन वटै चुनावमा गठबन्धन गर्ने सहमति गरेका थिए ।

मसालका प्रवक्ता रामप्रसाद पुरीले विज्ञप्ति निकालेर एमसीसी सम्बन्धी विवादका कारण आफूहरु पाँच दलीय गठबन्धनबाट अलग भए पनि प्रतिगमनको खतरामाथि ध्यान दिँदा सबै तहको चुनावमा पाँच दलीय गठबन्धनका बीचमा तालमेल हुनुपर्नेमा पक्षमा आफूहरु रहेको स्पष्ट पारेका छन् ।

उनले विज्ञप्तिमा लेखेका छन्, ‘त्यस सिलसिलामा अर्घाखाँचीमा भएको सहमति र ११ गतेदेखि हुने भनिएको संयुक्त अभियानलाई हाम्रो पार्टीले सकारात्मक रूपमा लिएको छ ।’

चुनावमा पाँच दलबीच गठबन्धन नभएमा देश प्रतिगमनका साथै अधिनायकवादतिर जाने खतरा रहेको पनि मसालले जनाएको छ । अर्घाखाँचीमा भएको सहमति र संयुक्त अभियानको कार्यक्रमले प्रतिगमनका विरुद्ध वातावरण तयार पार्न मद्दत पुर्‍याए पनि त्यस प्रकारको प्रयत्नलाई अरू ठोस रूप दिनुपर्ने आवश्यकता मसालले औल्याएको छ ।

स्थानीय चुनावमा सिटहरूको विभाजनमा सहमति बन्न सकेमा नै अहिलेको प्रयत्नको सार्थक परिणाम निस्कने मसालको विश्वास छ । पारस्परिक सहमति र समझदारीका आधारमा स्थानीय तहका सिटहरूको सन्तुलित प्रकारले विभाजन हुनु पर्नेमा उसले जोड दिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?