+
+

नेपाल-अमेरिका फिल्म फेस्टिभल जुन २३ देखि हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते ११:३५

२ चैत, काठमाडौं । नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवको पाँचौं संस्करण आगामी जुन २३ देखि २६ सम्म अमेरिकाको वासिङ्टन डीसीमा हुने भएको छ ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । महोत्सवमा सहभागिताका लागि आवेदन खुला गरिएको छ ।

महोत्सवमा नेपाली फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनका साथै सबै विधाका फिल्म प्रदर्शन गरिनेछ । नेपालबाहेक अमेरिका, दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र फिल्म महोत्सवको प्राथमिकतामा पर्ने जनाइएको छ ।

गत वर्षदेखि वासिङ्टन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय फिल्मकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ प्रदर्शन हुनेछ । स्थापनाकालदेखि ग्लोबल पिस फिल्म फेस्टिभल फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएको फिल्मलाई यस वर्ष पनि समावेश गरिने भएको छ ।

अन्तर्राष्ट्रिय फिल्मकर्मीको समितिले आवेदन परेकामध्येबाट उत्कृष्ट फिल्मलाई प्रदर्शनका लागि छनोट गर्नेछन् । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट हुनेलाई पुरस्कृत पनि गरिने भएको छ ।

महोत्सव अवधिमा फिल्म, संस्कृति र नयाँ प्रविधिबारे छलफल तथा कार्यशाला पनि हुनेछ । कोरोना महामारीले सन् २०२१ को संस्करण भने भर्चुअल रूपमा आयोजना भएको थियो । २०२२ को संस्करण अनलाइन तथा भौतिक रूपमा आयोजना गर्ने आयोजकको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?