+
+

फेसबुक दुरुपयोग गरेर लोकतन्त्रको घाँटी थिच्न थालियो : सोनिया गान्धी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १७:११

२ चैत, काठमाडौं। भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी लोकतन्त्रको घाँटी थिच्न थालिएको बताएकी छन् ।

सोनियाले बुधबार लोकसभामा बोल्दै सामाजिक सञ्जालको दुरुपयोग गरी लोकतन्त्रको घाँटी थिच्न थालिएको बताएकी हुन् । निर्वाचनका बेला सामाजिक सञ्जालबाट हुने हस्तक्षेप बन्द गर्नुपर्ने उनको भनाइ थियो ।

दलका नेता एवं उनीहरूका समर्थकले फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी ‘पोलिटिकल न्यारेटिभ’ (राजनीतिक भाष्य) तय गर्न खोजेको पनि सोनियाले बताइन् । विश्वका सामाजिक सञ्जाल कम्पनीले सबै राजनीतिक दललाई बराबर स्थान नदिएको पनि उनको आरोप थियो ।

सोनियाले लोकसभामा बोल्ने क्रममा फेसबुकले थोरै पैसा लिएर सत्तारुढ भाजपाको चुनावी अभियानको विज्ञापन एवं प्रचार गरेको भन्ने अल जजिराको रिपोर्टतर्फ समेत संकेत गरेकी थिइन् । सत्तासीन दल र फेसबुकबीच गोप्य साँठगाँठ हुँदा सामाजिक सद्भाव खल्बलिएको र यसबाट लोकतन्त्र खतरामा परेको पनि उनको भनाइ थियो ।

‘फेसबुकले सत्तारुढ संस्थापनसँग साँठगाँठ गरी नाङ्गो टंगले सामाजिक सद्भाव बिथोलिरहेको छ जुन हाम्रो लोकतन्त्रका लागि खतरा हो’, सोनियाले भनिन्, ‘भावुक उत्तेजनायुक्त कुप्रचार एवं सहयोगी विज्ञापनमार्फत् सबैको मनमा घृणा भरिएको छ । फेसबुक जस्ता कम्पनीलाई यो कुरा थाहा छ र उनीहरूले यसबाट फाइदा लिइरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?