+
+

नेपाल टेलिकमले ल्यायो अनलिमिटेड डाटासहितको होली अफर

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १८:०१

काठमाडौं । नेपाल टेलिकमले फागु पर्व (होली फेस्टिभल) को अवसरमा अनलिमिटेड डाटासहितको फागु अफर (होली अफर) ल्या एको छ । कम्पनीका अनुसार यो अफर ३ चैतदेखि १७ चैतसम्म उपलब्ध हुनेछ ।

यो अफर अन्तर्गत ६९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिन र २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ । यस अफरबाट सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने कम्पनीले विश्वास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?