
२ चैत, काठमाडौं। संयुक्त राष्ट्र संघको महासभाबाट इन्टरनेशनल डे टू कम्ब्याट इस्लामोफोबिया अर्थात इस्लामोफोबिया विरोधी दिवस मनाउने पाकिस्तानको प्रस्ताव पारित भएकोमा भारतले चिन्ता जनाएको छ ।
भारतले एउटा धर्म विशेषका लागि अन्तर्राष्ट्रिय दिवस मनाउनुले फरक फरक तरिकाका डरको स्थिति पैदा भएको बताएको छ । उसले हिन्दु, वौद्ध र सिख धर्मको विरुद्ध डरको माहोल बनाइएको आरोप लगाएको छ ।
एक सय ९३ सदस्यीय संयुक्त राष्ट्र संघको महासभामा पाकिस्तानका राजदूत मुनीर अकरमले मार्च १५ तारिखका दिन इन्टरनेशनल डे टू कम्ब्याट इस्लामोफोबिया मनाउने प्रस्ताव राखेका थिए ।
I want to congratulate the Muslim Ummah today as our voice against the rising tide of Islamophobia has been heard & the UN has adopted a landmark resolution introduced by Pakistan, on behalf of OIC, designating 15 March as International Day to Combat Islamophobia.
— Imran Khan (@ImranKhanPTI) March 15, 2022
जुन प्रस्तावलाई राष्ट्र संघले पारित गरेको हो । यो प्रस्ताव पारित भएकोमा पाकिस्तानका प्रधानमन्त्री इमरान ख़ानले मुस्लिम समुदायलाई बधाई दिएका छन् ।
संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिध टीएस तिरुमूर्तिले यो प्रस्तावलाई नजिर मानेर यस्ता अन्य धार्मिक प्रस्ताव पनि आउन सक्ने भन्दै यसलाई नजिर नमान्न आग्रह गरेका छन् । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4