+
+

प्रकृतिको रंग, होलीको उमंग (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १९:१४

२ चैत, काठमाडौं । ऋतुहरुको राजा, वसन्त याम । भनिन्छ, वसन्त ऋतु सुरु भएसँगै प्रकृतिले आफ्नो रुप बदल्छ । हरियाली छाउँछ । बोट-बिरुवामा नयाँ पालुवा पलाउँछ । मौसममा मादकता थपिन्छ । यसलाई बहार वा यौनावस्था पनि भन्ने गरिन्छ ।

यसलाई प्राणायामको याम पनि मानिन्छ । किनभने यसबेला वायुमण्डल शुद्ध र ताजा हुन्छ । त्यसैले त यस यामको आगमनसँगै मनमा आनन्द र उल्लास भरिन्छ । सूर्य उत्तरायण भएसँगै दिन घमाइला भएका छन् ।

वसन्त यामको आगमनसँगै होली पर्व मनाइन्छ । यो सप्तरंगी उत्सवले प्रकृति र जीवनलाई अरु एकाकार बनाइदिन्छ ।

होली, रंगहरुको मेला । सत्य र निष्ठाको कथासँगै जोडेर यसले जीवनलाई सप्तरंगी बनाइरहनुपर्छ भन्ने सन्देश प्रवाह गर्छ । सधैं खुसी, सधैं उत्साहित, सधैं उर्जावान् र सधैं सकारात्मक ।

प्रेमको उत्सव

के पनि भनिन्छ भने वसन्त ऋतुलाई स्वागत गर्ने उत्सव पनि हो होली । रंग, संगीत र नृत्यसँगै होली मनाउने परम्परा सदियौंदेखि चलिआएको मानिन्छ । यसलाई प्रेम र आकर्षणको उत्सव समेत मान्ने गरिएको छ । परम्परा अनुसार यसबेला भगवानको प्रतीकको रुपमा विष्णु र कामदेवको पूजा गरिन्छ ।

हामीकहाँ होली पर्वको सुरुवात सांकेतिक रुपमा योनी र लिंग जुधाएर पनि गरिन्छ । यसले हाम्रो यौन समागमको बेला आएको पनि संकेत गर्छ ।

भक्तपुरमा जगतप्रकाश मल्लको समयमा वनेको दत्तात्रय मन्दिरसँगै रहेको भैरव मन्दिरमा लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरुवात गरिन्छ । यसलाई भीमसेनको लिंग र कपडावाट बनेको प्वाललाई द्रौपदीको योनीको रुपमा चित्रण गरिन्छ ।

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेसँगै होलीको परम्परा सुरु भएको मानिन्छ । खासगरी नेवार समुदायले वसन्तपुर दरबार अगाडि रंगबिरंगी कपडा झुण्ड्याएर बनाइएको तीनछत्रे चीर गाडेपछि विधिवत् होली प्रारम्भ भएको मानिन्छ । फागुन शुक्ल अष्टमीमा गाडिने तीर पूर्णिमाको रात ढालेर टुँडिखेलमा पोलिएपछि होली समाप्त हुन्छ ।

रंगको स्रोत

सूर्यको किरण नै रंगको स्रोत हो । सूर्यको ज्योतिमा विभिन्न सात रंग प्रकट हुन्छ, बैजनी, निलो, हरियो, आकाशे, पहेंलो, रातो र सुन्तले । हाम्रा ऋषिमुनिहरुले सूर्यको किरणबाटै रंगहरु प्रकट हुन्छ भन्ने तथ्य बोध गरेका थिए । त्यही अनुसार चिकित्सा पद्दतिको विकास पनि गरेका थिए ।

तस्वीर : महेश प्रधान

भिडियो : गारब योञ्जन

मोडल : अनु काफ्ले, युनिता खत्री र सौरभ भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?