+
+

पोल्याण्डकी क्यारोलिना बनिन् विश्व सुन्दरी

नेपाल अन्तिम १२ बाटै बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते ९:२३

३ चैत, काठमाडौं । यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि पोल्याण्डकी क्यारोलिना बेइलावस्काले जितेकी छन् । बिहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वर्ल्डको ग्रान्ड फिनालेमा उनी विजेता घोषित भएकी हुन् ।

अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भए । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई ताज पहिराइन् ।

कोरोना महामारीको कारण यसपटकको फिनालेमा ४० जना सुन्दरीले मात्र भाग लिएका थिए । नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम १२ मा छनोट हुन सकिनन् ।

मिस वर्ल्डको मुख्य विधा मानिने ब्युटी विथ पर्पसको उपाधि पनि अमेरिकाले जितेको छ । क्यारोलिना पोल्याण्डबाट विश्व सुन्दरी प्रतियोगिता जित्ने दोस्रो प्रतिस्पर्धी हुन् । पीएचडी गर्ने तयारीमा रहेकी क्यारोलिना मोडल समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?