+
+

गायक कुलेन्द्र विश्वकर्मा पर्वत कलाकार समाजको अध्यक्षमा चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते १३:१२

३ चैत, काठमाडौं । गायक कुलेन्द्र विश्वकर्मा पर्वत कलाकार समाजको अध्यक्षमा चुनिएका छन् । बुधबार काठमाडौंमा सम्पन्न संस्थाको दोस्रो अधिवेशनले विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

सर्वसम्मत चुनिएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्णसमीप सुवेदी, उपाध्यक्षमा कुमार केसी, महासचिवमा प्रल्हाद सुवेदी, सचिवमा सुजन बराइली, कोषाध्यक्षमा सुष्मा लोहनी र सहकोषाध्यक्षमा लक्षुप्रकाश मल्ल छन् ।

सदस्यहरुमा भीमबहादुर पौडेल, रमेश सेन्चुरी, सुरज श्रेष्ठ, सृजना जिसी, संकल्प सुवेदी, कल्पना काफ्ले र दीपिका पौडेललाई चयन गरेको छ । यसअघि पर्वत कलाकार समाजको अध्यक्षमा सर्जक तथा गायक कस्तुप पन्त अध्यक्ष थिए । नयाँ कार्यसमिति तय भएपछि पन्त विधानअनुसार समाजको संरक्षक बनेका छन् ।

अधिवेशनबाट अध्यक्षमा चयन भएपछि गायक विश्वकर्माले कलाकर्मलाई सम्मुनत बनाउने र कलाकारको आत्मसम्मान सिर्जना गर्ने काममा अघि बढ्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?