+
+
बैंकिङ शिक्षा १६ :

बैंक र लघुवित्तमा फरक के छ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते १५:०३

नेपालको केन्द्रीय बैंकको रुपमा रहेको नेपाल राष्ट्र बैंकले आफूले नियमन तथा सुपरीवेक्षण गर्ने वित्तीय संस्थालाई चार वर्गमा विभाजन गरेको छ । जसअनुसार वाणिज्य बैंकहरुलाई ‘क’ वर्ग, विकास बैंकहरुलाई ‘ख’ वर्ग, वित्त कम्पनीहरुलाई ‘ग’ वर्ग र लघुवित्त वित्तीय संस्थाहरुलाई ‘घ’ वर्गमा राखिएको छ ।

चार वर्गका मध्ये ‘घ’ वर्गका संस्थाहरुले गाउँ गाउँमा शाखा खोलेर विपन्न वर्गहरुहरुलाई बचत स्वीकार गर्ने र ऋण लगानी गर्ने गरेका छन् । बैंकहरुको तुलनामा लघुवित्त संस्थाहरुमा फरक चाहिँ के छ ? यस विषय समेत समेटिने गरी बैंकिङ शिक्षा कार्यक्रमका लागि लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष बसन्तराज लम्सालसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, कुराकानीको संक्षिप्त अंश :

लघुवित्त कार्यक्रम भनेको के हो ?

लघुवित्त भनेको नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा काम गर्न अनुमति पाएको संस्था हो । यस्ता संस्थाहरुको राष्ट्र बैंकले नै नियमन गर्छ । दूरदराज, गाउँघरमा बसेका विपन्न वर्गका नागरिकहरुलाई उद्यमशील बनाउनका लागि लघुवित्तको परिकल्पना गरिएको हो ।

लघुवित्तहरुले ग्रामीण भेगका गाउँगाउँमा पुगेर आम नागरिकलाई वित्तीय संस्था प्रदान गरिरहेका छन् । नेपालमा जतिपनि लघुवित्तहरुले विशेष गरेर विपन्न महिलाहरुलाई जिविकोपार्जनका लागि कार्यक्रमहरु चलाइरहेका छन्, त्यो नै लघुवित्त कार्यक्रम हो ।

लघुवित्त संस्थामा सर्वसाधारणहरु कसरी आवद्ध हुन्छन् ?

लघुवित्तहरुले आफ्ना ग्राहक सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्छन् । लघुवित्तको सदस्य बन्ने प्रक्रिया संस्थाहरु थोरै फरकहरु हुनसक्छन् । सामान्यतया लघुवित्तकर्मीहरुले गाउँघरमा पुगेर त्यहाँ लघुवित्त संस्थाको आवश्यकता छ वा छैन ? त्यहाँका नागरिकहरु लघुवित्तमा जोडिन चाहान्छन् कि चाहादैनन् भन्ने विषयमा सर्भे गर्छन् ।

सम्भावित मान्छेहरुलाई उपस्थित गराएर छलफल हुन्छ । उहाँहरुका लागि लघुवित्त संस्थाले तालिम आयोजना गर्छ । लघुवित्त के हो ? यसले कस्ता सुविधा दिन्छन् ? कसरी वचत गर्न सकिन्छ ? आवश्यकता अनुसार ऋण लिन प्रक्रियाहरु लगायत सबै सेवा सुविधाबारे त्यो तालिममा बुझाइन्छ । त्यसपछि सहभागीहरुलाई समूह नाउन अनुरोध गरिन्छ । समूह बनाएर बस्नेहरु लघुवित्तको सदस्य बन्नु हुन्छ ।

सदस्य बनाउनका लागि लघुवित्तहरुको प्राथमिकतामा को-को पर्छन् ?

लघुवित्त संस्थाहरुमा सदस्य बन्न धनाढ्य मान्छेहरु आउनु हुन्न । विपन्न र त्यसमा पनि खासगरी विकट क्षेत्रका मान्छेहरु लघुवित्तको सदस्य बन्नुहुन्छ ।

लघुवित्तमा विशेष गरेर महिलाहरु नै सदस्य हुनुहुन्छ । विपन्न परिवारका महिलाहरु जो उद्यमी बन्न चाहानुहुन्छ उहाँहरु सदस्य बन्नुहुन्छ । केही स्वरोजगार मुलुक काम गर्न चाहानेहरु र खासगरी विपन्न महिलाहरु लघुवित्तको प्राथमिकतामा हुन्छन् ।

महिलाहरु नै सदस्य बनाउनुको खास कारण चाहिँ के हो ?

नेपालमा मात्रै होइन अन्य देशहरुमा पनि लघुवित्तको धेरै सदस्यहरु महिला नै हुुन्छन् । नेपालमा केही केही संस्थाहरुले पुरुष सदस्यहरु बनाएका उदाहरणहरु पनि छन् । तर अधिकांश महिला सदस्यहरु नै हुुन्छन् ।

गाउँका धेरै महिलाहरु जागिर नखाने, ठूला व्यवसायहरु पनि गर्ने अनि घरकै काम गर्ने, परम्परागत खेती किसानीहरु गरिरहेको हुनुहुन्छ । उहाँहरु पनि आर्थिक रुपमा वलियो हुनुपर्छ, उद्यमशील हुनुपर्छ भन्ने हो ।

तुलनात्मक रुपमा भन्दा महिलाहरु इमान्दार पनि धेरै हुनुहुन्छ । आर्थिक रुपमा सवल बनाउनका लागि अन्तर्राष्ट्रियस्तरमा पनि महिलाहरु नै धेरै सदस्य हुनुहुन्छ । अहिले नेपालमा लघुवित्तका कुल सदस्यहरु मध्ये ९० प्रतिशत भन्दा महिला सदस्यहरु नै हुनुहुन्छ ।

लघुवित्तहरुले लिने सेवा सुविधा महंगो अलि हुन्छ, होइन ?

लघुवित्तहरुले गाउँघरमा गएर डोर टू डोर सेवा प्रदान गरिरहनु भएको छ । धेरै सहज र सरल तरिकाबाट विपन्न महिला दिदी बहिनीहरुलाई उद्यमशील बनाउन, आर्थिक रुपमा सवल बनाउन लघुवित्तहरुले काम गरिरहनु भएको छ ।

सेवा हेरेर भन्ने हो भने लघुवित्तले लिने ब्याज महंगो छैन । कहिले काही लघुवित्तले महंगो ब्याज लियो भन्ने गुनासाहरु पनि सुनिन्थे । तर अहिले त्यस्तो छैन । लघुवित्त भनेको नेपाल राष्ट्र बैंकले निमयन गर्ने संस्थाहरु हुन् ।

राष्ट्र बैंकको नियमन कस्तो हुन्छ भन्ने सबैलाई थाहा नै छ । लघुवित्तहरुले नियम विपरीत कुनै कामकारबाही गर्दैनन्, गरिहाले भने राष्ट्र बैंकले एक्सन लिन्छ ।

राष्ट्र बैंककले ठूला बैंकहरुलाई पनि नियमन गर्छ, लघुवित्तहरुलाई पनि नियमन गर्छ । राष्ट्र बैंकले नै नियमन गर्ने ठूला बैंक र लघुवित्तहरुमा फरक के छ ?

ठूला बैंकहरु भनेको ठूला वित्तीय कारोबारका लागि हुन् । साना लघुवित्त भनेको सामान्य, विपन्न र केही गर्छु भन्ने गाउँका गरिबहरुका लागि सेवा दिने संस्था हुन् । ठूला कमर्सीयल लेन्डिङहरु बैंकहरुबाट हुन्छन् ।

ठूला धितो राखेर, ठूलो ठूलो रकम लगानी गर्ने संस्था भनेको बैंकहरु हो भने बिना धितोमा विपन्न वर्गलाई लगानी गर्ने संस्थाहरु हुन् । लघुवित्तले सामुहिक जमानीमा सानोसानो कर्जाहरु दिन्छ । आफ्ना सदस्यहरुबाट बचत संकलन पनि गर्छन । ऋणको आकार पनि निकै फरक छ ।

अहिले लघुवित्तले ७ लाख रुपैयाँसम्म बिनो धितो ऋण दिन्छन् । बैंकहरुले धितो राखेर अर्बौ अर्ब पनि ऋण दिन्छन् । ठूला ठूला आयोजनाहरु सम्पन्न गराउन, राष्ट्र आर्थिक विकास गर्न बैंकको भुमिका महत्वपूणर् छ भने सामान्य विपन्न वर्गहरुको आर्थिक स्थिति सवल बनाउन, उद्यमशील बनाउन लघुवित्तको भूमिका महत्वपूणर् छ । बैंक र लघुवित्तबीच फरक भनेको यही नै हो ।

बैंकिङ शिक्षा १ :

बैंकिङ शिक्षा २ :

बैंकिङ शिक्षा ३ :

बैंकिङ शिक्षा  ४ : 

बैंकिङ शिक्षा ५ :

बैंकिङ शिक्षा ६ :

बैंकिङ शिक्षा ७ :

बैंकिङ शिक्षा ८ :

बैंकिङ शिक्षा ९ :

बैंकिङ शिक्षा १० :

बैंकिङ शिक्षा ११ :

बैंकिङ शिक्षा १२ :

बैंकिङ शिक्षा १३ :

बैंकिङ शिक्षा १४ :

बैंकिङ शिक्षा १५ :

बैंकिङ शिक्षा १६ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Joint Initiative