+
+

गठबन्धनलाई कायम राख्न कांग्रेस प्रतिवद्ध छ : गृहमन्त्री खाण

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते १५:०३

३ चैत, बुटवल । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले सत्ता गठबन्धनलाई कायम राख्न कांग्रेस प्रतिवद्ध रहेको बताएका छन् ।

कांग्रेसका कतिपय नेताहरुबाट पार्टी एक्लै चुनाव लड्नुपर्ने धारणा बाहिर आइरहँदा गृहमन्त्री खाणले गठबन्धनलाई साथमै राखेर कांग्रेस चुनावमा जान प्रतिवद्ध रहेको बताएका हुन् ।

नेपाली कांग्रेसले रुपन्देहीको फार्साटिकरमा गरेको कार्यक्रममा नेता खाणले अफ्ठ्यारो परिस्थितिमा बनेको सत्ता गठबन्धनलाई कायमै राखेर कांग्रेस चुनावमा जान चाहेको बताए ।

उनले हालै संसदबाट पारित भएको एमसीसी परियोजनाको सफल कार्यान्वयन पछि पेट्रोलियम पदार्थको आयात प्रतिस्थापनमा मद्दत पुग्ने विश्वास समेत व्यक्त गरे ।

विद्युत ट्रान्समिसन लाइन निर्माण र सडक स्तरोन्नतिको लागि एमसीसी स्वीकार गरिएको बताउँदै उनले पेट्रोलियम पदार्थको मुल्यसँगै आयात पनि वृद्धि भइरहेको अवस्थामा विद्युतीय उपकरणको प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न एमसीसीको महत्वपूर्ण भूमिका हुने बताए ।

एमसीसी परियोजनाको माध्यमबाट आउने अनुदानले नेपालको गरिबी घटाउन समेत मद्दत पुग्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?