+
+
Shares

अझै १२ देशका नागरिकले नेपालमा अनअराइभल भिसा नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते १८:०५

३ चैत, काठमाडौं । कोभिड–१९ महामारी कम हुँदै गएपछि सरकारले विदेशी नागरिकहरुका लागि अनअराइभल भिसा (प्रवेश विन्दुमै भिसा दिने प्रक्रिया) दिन सुरु गरेको छ । नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरी आउने विदेशी नागरिकले विमानस्थल वा स्थलमार्गमा रहेको प्रवेश विन्दुबाटै नेपालको भिसा लिन सक्नेछन् । तर, यस्तो सुविधा एक दर्जन मुलुकका नागरिकले भने अझै पनि पाउने छैनन् ।

अध्यागमन विभागले बुधबार सार्वजनिक गरेको एक सूचना अनुसार अन्य प्रोटोकल पूरा गरेको अवस्थामा समेत १२ वटा मुलुकका नागरिकले भने विदेशस्थित नेपाली दूतावास वा तोकिएको नेपाली नियोगबाटै भिसा लिएर मात्र नेपाल आउनु पर्नेछ ।

यस्तो प्रावधान लागू भएका मुलुकमा अधिकांश अफ्रिकी मुलुक रहेका छन् । विभागका अनुसार नाइजेरिया, घाना, जिम्बाबे, स्वाजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरिया छन् ।

यसबाहेक राहदानी नभएको र ट्राभल डकुमेन्टका आधारमा मात्र यात्रामा निस्कने यात्रुले समेत अनअराइभल भिसा पाउने छैनन् । सरकारले अनअराइभल भिसा नदिने अधिकांश मुलुक हिंसाग्रस्त रहेका छन् ।

कोभिड–१९ महामारीका कारण सरकारले विभिन्न मुलुकका नागरिकलाई अनअराइभल भिसा दिन बन्द गरेको थियो । पछिल्लो समय कोरोना महामारी कम हुँदै गएपछि कडा गरिएका प्रावधानहरु खुकुलो बनाएको छ । सोहीकारण अब मुलुकमा पर्यटक आगमन भने वृद्धि हुने अपेक्षा गरिएको छ । सरकारको पछिल्लो निर्णय अनुसार हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुको साथमा कोभिड-१९ विरुद्ध खोप लगाएको प्रमाणपत्र हुनुपर्नेछ ।

प्रमाणपत्र नभएका यात्रुको साथमा भने ७२ घण्टा भित्रको पीसीआर परीक्षण नेगेटिभ आएको रिर्पोट हुनुपर्नेछ । ५ वर्ष भन्दा कम उमेरका व्यक्तिलाई यस्तो परीक्षण अनिवार्य गरिएको छैन ।

नेपालबाट विदेश जाने क्रममा भने सम्बन्धित मुलुकले तोकेको मापदण्ड पालना गर्नुपर्छ । यसबारे जानकारी भने सम्बन्धित वायुसेवा कम्पनीले आफ्ना नागरिकलाई गराउनु पर्छ । नेपाल आउने सबै यात्रुले सीसीएमसीसी फारम भने अनिवार्य रुपमा भर्नुपर्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?