
३ चैत, जनकपुरधाम । सुदुर पश्चिम प्रदेशमा ६ चैतदेखि आयोजना हुने दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई मधेश सरकारले बिहीबार विदाइ गरेको छ ।
प्रदेश सरकारको महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले कैलालीमा हुन गइरहेको उक्त प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई सम्मानसहित विदाइ गरेको हो ।
मन्त्रालयका शाखा अधिकृत लक्ष्मण रामले कैलालीतर्फ जाने प्रशिक्षक, व्यवस्थापकसहित १२ जना खेलाडीलाई पोशा र १ जोडका दरले जुत्ता समेत प्रदान गरिएको बताए ।
विदाइ गर्दै खेलाडीहरुलाई मन्त्रालयका कर्मचारीले जितको शुभकामना समेत दिएका थिए । प्रतियोगिता ६ चैतदेखि १२ चैतसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4