+
+

इन्जिनियर्स एशोसिएशनको मधेश अध्यक्षमा पण्डित निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते २०:३३

३ चैत, जनकपुरधाम । नेपाल इन्जिनियर्स एशोसिएशनको मधेश प्रदेश अध्यक्षमा गौरी पण्डित ४ सय ३ मत ल्याएर निर्वाचित भएका छन् ।

पण्डितले गैर राजनीतिक इन्जिनियर संगठन नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको तर्फबाट उम्मेदवारी दिएका थिए ।

जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका उम्मेदवार श्यामकिशोर यादवले ३ सय ५१ मत ल्याए भने कांग्रेसनिकट राजेश यादवले १ सय ७१ मत पाए ।

अध्यक्ष पदका अर्का उम्मेदवार दीपेन्द्रकुमार साहले २३७ र इन्द्रभूषण झाले ८१ मत प्राप्त गरे । उपाध्यक्षमा गठबन्धनका उम्मेदवार कार्तिकेश झा ३२४ मत ल्याएर र सचिवमा गठबन्धनकै रामनारायण यादवले ३७५ मत ल्याएर निर्वाचित भए ।

सहसचिवमा कांग्रेस निकट रामइश्वर यादव ४२६ मत ल्याएर निर्वाचित भएभने कोषाध्यक्षमा गैर राजनीतिक संगठनका तेजनारायण यादव ४ सय ३० मत ल्याएर विजयी भएका छन् ।

सदस्यमा नेहा कर्ण ४९०, छितेश कुमार यादव ४२८, अंचली ठाकुर ३ सय ९६, प्रबीणकुमार यादव ३८३, रबीकुमार साह ३ सय ६७, प्रियांसु कुमार गुप्ता ३६०, सुमी मिश्रा ३ सय ५२, रीताकुमारी यादव ३५२, दीपककुमार मण्डल ३४०, बिनिताकुमारी यादव ३४० मत ल्याएर निर्वाचित भएका छन् । यसमध्ये ७ जना आफ्नो संगठनबाट निर्वाचित भएको गैर राजनीतिक संगठनले जनाएको छ ।

प्रदेशबाट केन्द्रीय सदस्यमा गठबन्धनका सञ्जय कुमार यादव ४२१ मत ल्याएर निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?