
फाइल तस्वीर
४ चैत, काठमाडौं । नाबालिकामाथि बलात्कार आरोपी अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न तनहुँ जिल्ला अदालतले अनुमति दिएको छ ।
शाहमाथि अनुसन्धानका लागि अदालतले थप ५ दिनको समय दिएको तनहुँ जिल्ला अदालतका वैतनिक वकिल शिवराज काफ्लेले जानकारी दिए ।
गत फागुन १५ गते पक्राउ परेका शाहमाथि यसअघि दुईपटक अदालतबाट म्याद थप भइसकेको छ । तनुहँ जिल्ला अदालतले पछिल्लोपटक फागुन २२ गते शाहमाथि अनुसन्धानका लागि १२ दिनको म्याद थपको अनुमति दिएको थियो ।
यसबीचमा नवलपुरमा परेको मुद्दाको अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय गैंडाकोट लगिएको थियो । त्यसपछि तनहुँ प्रहरीले बाँकी अनुसन्धानको काम गर्न सकेको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4