
काठमाडौं । फुटबल क्लब एफसी चितवनले आइतबार चितवनको नारायणगढस्थित क्यापा चौरमा रूकी हन्ट (ट्यालेन्ट क्याम्प; खेलाडी छनोट) कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रम आइतबार बिहान साढे ११ बजेदेखि सुरु हुने छ ।
एफसी चितवनले ८ अप्रिलदेखि सुरू हुने नेपाल सुपर लिग (एनएसएल) मा प्रतिष्पर्धी गर्दैछ । होम ग्राउण्डको महत्त्वपूर्ण प्रतिनिधित्व होस् भन्ने उद्देश्यका साथ रूकी हन्ट आयोजना गर्न लागेको क्लबको भनाइ छ ।
चितवन फुटबल संघको सहआयोजनमा हुने उक्त प्रतियोगितमा फुटबल खेलमा पोख्त २३ वर्ष नपुगेका खेलाडीहरूले भाग लिन पाउनेछन् ।
खेलाडीहरू कुनै पनि राष्ट्रिय स्तरको लिग प्रतियोगितामा नखेलेको हुनुपर्नेछ । यसरी छनोटमा पर्ने एकजना खेलाडीले आसन्न नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवन टीमबाट खेल्न पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4