
४ चैत, धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले इजाजत प्राप्त हतियार चैत २१ गते भित्रमा प्रहरीमा बुझाउन आग्रह गरेको छ ।
प्रशासनले सूचना जारी गर्दै वैशाख ३० गते हुने चुनावका लागि भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापना गरी भयरहित वातावरण सृजना गर्नु अपरिहार्य रहेकाले इजाजत प्राप्त हतियार नजिकैको प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको हो ।
यसरी बुझाइएका हतियार चुनाव सकिएपछि हतियारधनीलाई नै फिर्ता गरिने प्रशासनले स्पष्ट पारेको छ ।
यस्तै प्रशासनले इजाजत नलिइ हतियार राखेको भए त्यस्ता हतियार पनि बुझाउ भनेको छ । चैत २१ गतेपछि खोजतलास गर्दा कसैसँग हतियार भेटिएमा कानून अनुसार कारबाही गर्ने पनि प्रशासनले चेतावनी दिएको छ ।
हेर्नुस् धादिङ प्रशासनले निकालेको सूचना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4