+
+

अर्थतन्त्रले अझै विकराल रुप लिनसक्छ : गोल्छा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते १८:१४
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा/फाइल तस्वीर

४ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलको अर्थतन्त्रको चुनौतीले निजी क्षेत्रको मनोवल उच्च रुपमा गिराएको बताएका छन् ।

शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५औं स्थापना दिवसको अवसरमा बोल्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौतीले निजी क्षेत्रको मनोवल उच्च रुपमा गिराएको बताएका हुन् ।

उद्योग क्षेत्रमा काम गरेकोे ३५ वर्षको अनुभवमा पहिलो पटक निजी क्षेत्रको मनोवल उच्च रुपमा खस्केको उनको भनाइ थियो । पछिल्लो समय मुलुकको अर्थतन्त्र अत्यन्तै चुनौती पूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै अध्यक्ष गोल्छाले त्यसको मुख्यकारण बजारमा तरलता अभाव नै भएको जिकिर गरे ।

उनले मुलुकको शोधनान्तर स्थिति र बैंकमा कर्जाको ब्याजदर उच्च वृद्धि तरलता अभावको कारण भएको बताए । अहिले सरकारी कर्मचारी तथा राजनीतिक व्यक्तिहरुले तरलताको समस्या उद्योगी व्यवसायीहरुको मात्रै भएको भन्ने गरेको भन्दै अध्यक्ष गोल्छाले तरलताको समस्यामा कोही पनि अछुतो नरहेको बताए । उनले तरलताको समस्या तत्काल समाधान गर्नु पर्ने जरुरी भए पनि सरकारको ध्यान समस्या समाधान गर्ने तर्फ नगएको गुनासो गरे ।

सरकारले अर्थतन्त्रमा देखिएका समस्या प्राथकिताका आधारमा समाधान नगर्ने हो भने आगामी दिनमा अर्थतन्त्रले अझै विकराल रुप लिनसक्ने बताए ।

अध्यक्ष गोल्छाले सरकारले बस्तु आयातमा कडाई गर्ने नीति बनाउँदा उद्योगी व्यवसायीहरुसँग छलफल गरेर मात्रै ल्याउनु पर्ने बताए । उनले सरकारले अर्थतन्त्रको अवस्था हेरर आयातित बस्तुहरुलाई प्राथमितामा राख्नु राम्रो भएको बताए ।

अध्यक्ष गोल्छाले घर धितो राखेर विदेश गएका नेपाली युवाहरुले पठाउने रेमिटेन्स बढाउन सरकारले प्रोत्साहन दिनु पर्ने बताए । सरकारले उचित प्रोत्साहन दिए मात्रै बैंकिङ च्यानलबाट पैसा ल्याउन सकिने भन्दै गोल्छाले रेमिटेन्स बैंकिङ च्यानलबाट मात्रै पठाउन पाउने नीति ल्याउनु जायज नहुने बताए । रेमिटेन्समा सरकारले प्रोत्साहन दिने नीति बनाए मात्रै रेमिटेन्स बढ्दै जाने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?