+
+

भक्तपुरमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ५ गते ९:३७

५ चैत, काठमाडौं । भक्तपुरको कौशलटार चोक नजिकै ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार राति करिब साढे ९ बजे काठमाडौंबाट भक्तपुर जाँदै गरेको ना७त २७७४ नम्बरको ट्याक्टरबाट खसेर उदयपुरको गाइघाट घर भई ललितपुरको इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको हो ।

बालुवा घोल्ने मिक्सर मेसिन लिएर गएको ट्याक्टरबाट एक्कासी सडकमा खसेका कार्की घाइते भएको र समिट अस्पतालमा प्राथमिक उपचार गरी ट्रमा सेन्टर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ।

ट्याक्टरका चालक  झापाको कन्काई नगरपालिका-५ घर भई ललितपुर इमाडोल बस्ने २७ वर्षीय रोशन गुरुङलाई प्रहरी वृत्त थिमिले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?